+
Search

ताजा अपडेट +

पपुलर +

मेरो माइक्रोफाइनान्सद्वारा दैवीप्रकोप उद्धार कोषमा रू.साढे १४ लाखभन्दा बढी सहयोग

मेरो माइक्रोफाइनान्सद्वारा दैवीप्रकोप उद्धार कोषमा रू.साढे १४ लाखभन्दा बढी सहयोग
त्रिशूली प्रवाह
४३ मिनेट अगाडी

काठमाडौँ । हालैको प्राकृतिक विपत्का कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको बाढी–पहिरोपीडितका लागि नुवाकोटको विदुर–२, बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रू.१४ लाख ५५ हजार आर्थिक सहयोग गरेको छ ।

Utsuk Books & Stationery

हालैको प्राकृतिक विपत्का कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संस्थाले गहिरो दुःख व्यक्त गरेको छ । संस्थाको केन्द्रीय कार्यालय बट्टार, नुवाकोटसहित पाँचवटा शाखा कार्यालयसमेत यस विपत्बाट प्रत्यक्ष प्रभावित भएका छन् । यसै सन्दर्भमा विपत्पीडितको राहत, उद्धार र पुनस्र्थापनामा सहयोग पु¥याउन संस्था र कर्मचारीको तर्फबाट दैवीप्रकोप उद्धार कोषमा रू.१४ लाख ५५ हजार सहयोग प्रदान गर्ने निर्णय गरेको संस्थाले जनाएको छ । संस्थाले विपत्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, उद्धार र राहत कार्यमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्वयम्सेवक र सहयोगीप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह