Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

बेत्रावतीधाममा दर्शश्राद्ध गर्नेको भिड

बेत्रावतीधाममा दर्शश्राद्ध गर्नेको भिड
त्रिशूली प्रवाह
२ साल अगाडी
  • सरस्वती न्यौपाने

बेत्रावती, रसुवा र नुवाकोटको सङ्गमस्थल ऐतिहासिक, धार्मिक क्षेत्र बेत्रावतीधाममा यस वर्षको दर्शश्राद्ध मंशिर २६ गते औँसीको अवसरमा पितृको नाममा श्राद्ध गर्नेको भिड रह्यो । सोमबार र मंगलबार यस वर्षको दर्शश्राद्ध औँसी परेको थियो । उक्त दिन १० हजारभन्दा बढीले पितृको सम्झनामा तर्पण दिँदै श्राद्ध गरेको स्थानीय समाजसेवी सोमलाल लवटले बताए ।

यस वर्षको दर्शश्राद्धमा रसुवा–नुवाकोट जिल्लाको अलवा जुम्ला, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, गोरखा, चितवन, काभ्रेलगायतबाट पितृको सम्झनामा तर्पण दिँदै श्राद्ध गर्न उत्तरगयाधाममा आएका भेटियो । चारधाममध्येको तीन धाम भारतमा पर्छ भने एक धाम नुवाकोट–रसुवाको सिमाना बेत्रावतीमा रहेको हिन्दू धर्मावलम्बीको पुराणमा उल्लेख छ । हिन्दू धर्मावलम्बीका पुराणमा उल्लेख भएअनुसार भगवान् शिवले कालकुट विष पिई त्यसको राप शान्त पार्न भौँतारिएर हिँडेको अवस्थामा बेत्रावतीमा आइपुग्दा डाहा शान्त गर्न शिवले बेदको लौरोले खोपेर उत्पत्ति भएको बेत्रगंगा फलाखु खोलाको सङ्गमस्थलसमेत भएकाले पवित्र भूमिको रूपमा परिचित छ । यस ठाउँमा ०४९ सालमा योगी नरहरि नाथले कोटीहोम लगाएपछि झनै बेत्रावतीको धार्मिक महत्व बोकेको छ । यस ठाउँमा पितृको नाममा श्राद्ध गर्नाले पितृ सीधै स्वर्गमा वास हुने विश्वासमा यहाँ आउनेको सङ्ख्या बढिरहेको छ । संसारकै ठूलो गयाको पनि शिर उत्तरगया भएकाले पनि यहाँ हरेक वर्ष श्राद्ध गर्न मानिसको भिड बढिरहेको बेत्रावतीका स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठले बताए । स्थानीयवासीले बेत्रावतीमा आउनेका लागि सहज बनाउन आवश्यक भौतिक पूर्वाधार निर्माणमा पहल गरिरहेका छन् ।

१) ३३३३ उत्तरगया क्षेत्रको ऐतिहासिक इतिहास : नेपाल र तिब्बतबीच वि.सं. १८४९ सालमा भएको ऐतिहासिक बेत्रावती सन्धि पनि यही ठाउँमा भएको तथ्य छ । चीनको सिगात्सेसम्म नेपाली गोर्खाली सेना चीनको छिङ महाराजाको ठूलो सङ्ख्यामा आएका सेनासँग पछि हट्न बाध्य भएका नेपाली गोर्खाली सेना र चिनियाँ सेनाको लडाइँ रसुवा र नुवाकोटको सिमाना बेत्रावतीमा भएपछि दुवैले ठूलो क्षति व्यहोरेपछि सन्धि भएको थियो । उक्त सन्धि नेपाल–तिब्बत–चीनबीच सन् १७९२ अक्टोबर ५ मा भएको इतिहासमा उल्लेख छ ।

२) ३३३३ धार्मिक आस्था बोकेको क्षेत्र उत्तरगया : बेत्रावती सन्धिलाई विजयोत्सवको रूपमा मनाउन विगतमा रसुवा–नुवाकोटको सिमाना बेत्रावती (उत्तरगया) क्षेत्रमा स्थानीयले माघेसङ्क्रान्तिको दिन गोरु जुधाइने परम्परा रहेको थियो । बीचका केही वर्ष गोरु जुधाउने खेल बन्द भएको थियो । उक्त खेललाई केही वर्षदेखि स्थानीयले बेत्रावती सन्धिको विजयोत्सवको रूपमा सम्झना गर्दै गोरु जुधाउने प्रतियोगिता सँगसँगै सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । यो क्षेत्र ऐतिहासिक स्थल र धार्मिक स्थल रहेकाले खोज, अनुसन्धान र अध्ययन भ्रमण तथा धार्मिक पुण्यलाभ प्राप्त गर्न आउने गरेका छन् । यहाँ आउन काठमाडौंको बालाजुबाट टोखा–छहरे हुँदै र धादिङको गल्छी हुँदै सडकमार्ग रहेको छ । सडकमार्गबाट टोखा भएर आउँदा छोटो दूरी (६५ किलोमिटर) पर्छ भने बालाजुबाट गल्छी हुँदै आउने लामो दूरी (९० किलोमिटर) रहेको छ । उत्तरगयाधाममा हरेक जात–जातिले पितृकार्य गर्ने स्थल, पौषेऔँसीमा श्राद्ध गर्ने मेला, गाईजात्रामा लाखे नाच, ठूलो एकादशीमा फूलको डोली ल्याउने र भजनकीर्तन गरी नदी तार्ने, माघेसङ्क्रान्तितमा गोरु जुधाई गरिने, फागुपूर्णिमामा सामूहिक होली, रामनवमी पर्व तथा कृष्ण जन्माष्टमीमा विशेष मेला लाग्ने गर्दछ । त्रिशूली र फलाखु नदीको त्रिवेणीमा रहेको यो स्थलको बृहत्तर विकासका लागि सङ्घ–संस्था खुलेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह