बट्टार । नुवाकोट जिल्लाको बट्टारबजारमा केन्द्रिय कार्यालय रहेको मेरो माइक्रो फाइनान्स लघुबित्त बित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा कल्याणबिक्रम पाण्डे नियुक्त भएका छन् । मंसिर ६ गते बसेको संस्थाको १६३औँ बैठकले सर्वसम्मतिले अध्यक्ष चयन गरेको संस्थाले जनाएको छ ।
यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्रतिनिधि सुमितबाबु खत्री संस्थापक संस्था सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट अलग हुनु भएकोले सञ्चालकमा बस्न नमिल्ने भएकोलेनयाँ अध्यक्ष चयन गरिएको हो । संस्थाका नवनियुक्त अध्यक्ष पाण्डेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिईसकेका छन् । पाण्डे यसअघि पनि संस्थाको संस्थापक (प्रतिनिधिः ग्लोबल आइएमई बैंक लि.) समूहको तर्फबाट विगत ५ वर्षदेखि निरन्तररूपमा सञ्चालक समितिमा रहेर काम गरिसक्नुभएको छ । यस्तै, सोही बैठकले सुमन मुलेपतीलाई पनि संचालकमा नियुक्ति गरेको छ । उनी संस्थापक सेयरधनी सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । संचालक मुलेपती सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।
प्रतिक्रिया