चौघडा । लिखु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा यही मङ्सिर ४ गते, शुक्रबारदेखि सञ्चालन भएको नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता-२०८३ आइतबार सम्पन्न भएको छ ।




प्रतियोगितामा सहभागी सात मावि र नौ आधारभूत विद्यालयमध्ये क्षेत्रपाल माध्यमिक विद्यालयले १७ स्वर्ण र सात रजत गरी कुल २४ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ ।

त्यसैगरी, नारायणदेवी माध्यमिक विद्यालय १० स्वर्ण, सात रजत र तीन कांस्य गरी कुल २० पदकसहित दोस्रो भएको छ भने महेन्द्र महेशदेव माध्यमिक विद्यालयले दुई स्वर्ण, ६ रजत र सात कांस्य गरी कुल १५ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ । प्रथम हुने विद्यालयलाई नगद रु. १५ हजार, मेडल र ट्रफी, दोस्रोलाई रु.१२ हजार, मेडल र ट्रफी तथा तेस्रोलाई रु.नौ हजार, मेडल र ट्रफी प्रदान गरिएको पालिकाले जानकारी दिएको छ ।

सबै विधाका उत्कृष्ट खेलाडीलाई समेत ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताको उद्घाटन र समापन पालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले गर्नुभएको शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक बबिन श्रेष्ठले बताउनुभयो ।





प्रतिक्रिया