+
Search

ताजा अपडेट +

पपुलर +

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गर्न सांसद लामिछानेको आग्रह

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गर्न सांसद लामिछानेको आग्रह
त्रिशूली प्रवाह
११ मिनेट अगाडी

विदुर । नुवाकोटबाट संसद्मा प्रतिनिधित्व गर्नुहुने सांसद डा.अच्युतम लामिछानेले भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि स्रोत सुनिश्चित गर्न अर्थमन्त्रीसँग आग्रह गर्नुभएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग विशेष समय लिएर गत महिना भेट गर्नुभएका सांसद लामिछानेले पुनर्निर्माण बजेटको सुनिश्चितता र ठेक्का प्रक्रिया अगाडि बढाउन माग गर्नुभएको छ । उहाँले अर्थमन्त्रीसहित अर्थ मन्त्रालयका सचिवसँग भोटेकोसी–त्रिशूली बाढीबाट क्षतिग्रस्त नुवाकोटलगायत प्रभावित क्षेत्रका पूर्वाधारको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अर्थ मन्त्रालयमा पेस भएका योजनालाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन प्राथमिकतामा वर्गीकरण गरिसकेकाले अगाडि बढाइदिन अनुरोध गर्नुभएको छ ।

Suzuki New Bike & Scooter

नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद लामिछानेले बाढीअघिका सबै संरचना सोही स्थानमै पुनर्निर्माणका लागि योजनासहित सम्बन्धित मन्त्रालयहरूमा पहल गरिरहनुभएको छ । बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनस्र्थापनाका लागि अर्थमन्त्रीसमक्ष योजना प्रस्तुत गर्दै सांसद लामिछानेले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभएको छ । २८ झोलुङ्गे पुलको पुनर्निर्माणका साथै ग्रामीण सडक निर्माण तथा स्तरोन्नति, खानेपानी, सिँचाइ, विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण, कृषि तथा जीविकोपार्जन पुनस्र्थापना, बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकाको संरक्षणलगायतका महत्त्वपूर्ण योजना समेट्नुभएको छ । विपत्पछिको पुनर्निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै प्रभावित नागरिकको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन निरन्तर पहल, समन्वय जारी रहेको उहाँले बताउनुभएको छ ।

‘त्रिशूली प्रवाह’ साप्ताहिकसँग कुरा गर्दै सांसद लामिछानेले भन्नुभयो, ‘पुनर्वासका लागि स्थायी र अस्थायी रूपमा सरकारले काम अन्तिम चरणमा पु¥याएको छ, बाँकी वित्तीय व्यवसाय र व्यापारतर्फ सम्पूर्ण रूपमा सरकारले पुनर्मूल्याङ्कन गरेर उचित उपाय खोज्ने र सोका लागि विशेष समितिमार्फत आएका सुझावसहितलाई समावेश गरेर अघि बढ्ने जानकारी पाएको छु ।’ यी सबै कार्यका लागि प्रभावित क्षेत्रका बासिन्दाको सकारात्मक सोचका साथ एक–अर्कालाई साथ र सहयोग गरेर अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभएको छ । स्थानीय निकाय, प्रदेश सरकार र सङ्घीय सरकारको सहकार्यले मात्र प्रभावितलाई पुनस्र्थापना गराउन सक्नेसमेत उहाँको धारणा छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह