धर्मका नाउँमा जाँडरक्सी खाई
आफू-आफूबिच झैझगडा गरी


दिक्दार भएको छ यो नयाँ जमाना
यो दानवरूपी देखेर जमाना

स्वार्थी समाजमा इज्जत राख्नका लागि
भोज धेरै खाएर रोग राख्नका लागि
तयार छन् सधैँ धर्मका गुठियारहरू
वर्षको कमाइ एक दिनमा सकाउन
ढुङ्गालाई साक्षात् देवता मानी
प्राणी हिंसा गरी देवतालाई रगत चढाई
पूजा गरिरहेका छन् धर्म गर्छाैँ भनी
करोडौँ पैसा सित्तैमा सकाई
दुधमा थाहा नपाई पानी मिसाएजस्तो
धर्ममा अन्धविश्वास मिसिएको छ
केवल बच्चाहरूले खेलेको जस्तो
धर्मको व्यवहार यहाँ भइरहेको छ ।
तत्कालीन त्रिशूली गाउँ पञ्चायतका उपप्रधानपञ्च (विसं २०३९-०४४) बुद्धरत्न सिलाइ व्यवसाय गर्नुहुन्थ्यो । उहाँ राजनीतिका अलावा धर्मसंस्कृति, साहित्य र गीतसङ्गीतमा पनि रुचि राख्नुहुन्थ्यो । प्रस्तुत कविता उहाँका ज्येष्ठ सुपुत्र प्रवीणले उपलब्ध गराउनुभएको हो जसलाई सामान्य सम्पादन गरी यहाँ प्रस्तुत गरिएको छ । विसं २००० मा जन्मी २०७४ मङ्सिर १८ गते पिसाबथैलीको अर्बुदरोगका कारण निधन हुनुभएका उहाँ विदुर-१, त्रिशूलीबजार, नारायणथान टोलनिवासी हुनुहुन्थ्यो ।





प्रतिक्रिया