+
Search

ताजा अपडेट +

पपुलर +

भिमली गाउँ बाख्रापालनले परिचित

भिमली गाउँ बाख्रापालनले परिचित
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका-६, भिमली गाउँ पछिल्लो समय बाख्रापालनले परिचित बनेको छ । २५ घरधुरी रहेको सो गाउँका १२ घरधुरीले बाख्रापालन गरेर व्यवसायी बनेका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

पासाङल्हामु राजमार्ग भन्दा तल देखिने भिमली गाउँका अधिकांश बासिन्दा बाख्रा, भैंसी, कुखुरा, बंगुरपालनकासाथै अर्गानिक तरकारी खेतीतर्फ आकर्षित भइरहेका छन् । बाख्रा पालनकासाथै अर्गानिक तरकारी खेती गर्दै आएकी सोही गाउँकी सरस्वती तामाङले माने अर्गानिक कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर व्यवसायिक बनेकी छिन् सोही गाउँकी लाचिन तामाङले पनि १६ वटा बाख्रा पालेकी छिन् । बाख्रा सँगसँगै अर्गानिक तरकारी खेती समेत गरिरहेकी उनीले पनि यो पेशाबाट फाईदा भइरहेको बताएकी छिन् । सोही गाउँकी कामील्हामो तामाङको पनि ४० वटा बाख्रापालन गरेर आम्दानी लिइरहेकी छिन् । यसैबाट भएको आम्दानीले घर खर्च र छोराछोरीको पढाईमा खर्च गर्न सहज भएको उनी बताउँछिन् । सोही गाउँमा मिङमारडोल्मा तामाङले २३ वटा र श्रीलाल तामाङले १४ वटा बाख्रापालन गरेर घर खर्च जुटाईरहेका छन् ।

Suzuki New Bike & Scooter

मिङमारडोल्मा बताउँछिन्, ‘‘हाम्रो घर खर्चको प्रमुख स्रोत बाख्रा पालन भएको छ, बाख्राबाट नै हाम्रो समृद्धि हुने अपेक्षा गरेको छु ।’’ यस्तै, सोही गाउँकी दाम्जी तामाङले १५ वटा, शान्ति तामाङले १२ वटा, मिङमार तामाङको ९० वटा, सुम्वा गोलेले १५ वटा, नुर्पु ग्लानले १० वटा र जेभ ल्हामो तामाङले १५ वटा बाख्रा पालेका छन् । उनीहरू एकै स्वरमा भन्छन्, ‘‘गरे के हुँदैन र, काम गरेका छौं, राम्रो आम्दानी भएको छ ।’’ गोसाइँकुण्ड गाउँपालिका पशु शाखाका अनुसार कतिको दर्ता रहेको छ, कतिको व्यक्तिगतरूपमा बाख्रा पाल्नुभएको छ, जे होस् उहाँहरूले बाख्रापालनबाट राम्रो आम्दानी लिईरहनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह