+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक सञ्जालको मर्यादित प्रयोग

सामाजिक सञ्जालको मर्यादित प्रयोग
त्रिशूली प्रवाह
१ साल अगाडी

सामाजिक सञ्जाल विभिन्न इलेक्ट्रोनिक माध्यम हुन् । यसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन् । आजको आधुनिक दुनियाँमा यी सञ्जाल विभिन्न प्लेटफर्ममा उपलब्ध छन् जसमा फेसबुक, इन्स्टाग्राम, ट्विटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर र रेडिट जस्ता वेबसाइट सामेल छन् । यी सञ्जालले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक–राजनीतिक–सांस्कृतिक–मनोरञ्जनीय सामग्री प्राप्त गर्न र साझा बनाउन मद्दत गरिरहेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

यसको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकानुसार ‘सामाजिक सञ्जाल’ भन्नाले इन्टरनेटले उपलब्ध गराएको सुविधा प्रयोग गरी ‘प्लेटफर्म’ ले उपलब्ध गराएको विधिअनुरूप कुनै व्यक्ति, समूह वा संस्थालाई एकार्कासँग अन्तक्र्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधासमेत प्रदान गर्ने समूह, ब्लग, एपलगायत सञ्जाल बुझिन्छ । सामाजिक सञ्जाललाई नियमन गर्ने वा कानुनी दायरामा ल्याउने कुरा अचेल संसारभरि नै बहस भइरहेको विषय हो । यो नेपालका सम्बन्धमा अझै संवेदनशील विषयका रूपमा छ । एकातिर छिटोछरितो सूचना प्रवाह र सञ्चारका लागि सामाजिक सञ्जालमा प्रयोगकर्ताको सहभागिता बढ्दो छ भने अर्कातिर तिनै सञ्जालको प्रयोग गरी विभिन्न अपराध पनि भइरहेका छन् । तसर्थ सामाजिक सञ्जाललाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट मापदण्ड र कानुनी आधार सिर्जना गर्नुपर्ने आवश्यकता प्रायः संसारका सबै देशले महसुस गरेको पाइन्छ ।

अहिले सामाजिक सञ्जालमार्फत कुनै व्यक्तिलाई निरास वा हतोत्साहित बनाउने, डर–धम्की दिने, गालीगलोज गर्ने, गलत सूचना प्रवाह गर्ने वा साइबर बुलिङ, हेट स्पिच, फिसिङ, इम्पोस्टर स्क्याम जस्ता कार्य भइरहेका छन् । व्यक्तिले आवाज, शब्द, तस्बिर, भिडियोमार्फत समुदायमा हिंसा फैलाउने, गलत तथ्य देखाएर व्यक्तिलाई प्रभावित पार्ने, अरूको युजरनेम र पासवर्ड लिएर दुरूपयोग गर्ने, क्रेडिट कार्ड नम्बर– बैंक एकाउन्टजस्ता संवेदनशील सूचना लिने र दुरूपयोग गर्ने, पैसा चोर्ने उद्देश्यले चिनजानको वा आपूm विश्वासिलो व्यक्ति भएको भान पारी पासवर्डसहित संवेदनशील जानकारी लिएर ठगी गर्ने, अरूलाई होच्याउने, अपमानजनक शब्द–श्रव्यदृष्य–तस्बिर–ट्रोल बनाई घृणायुक्त अभिव्यक्ति–गालीबेइज्जती जस्ता हेट स्पिच दिने, त्यसैगरी भ्रामक सूचना–दुष्प्रचार–सूचना तोडमोड गरी पोस्ट गरेमा वा कानुनले निषेध गरेका विज्ञापन तथा कारोबार गरेमा साइवर अपराध गरेको मानिने छ ।

वर्गीय, जातीय, धार्मिक, साम्प्रदायिक आधारमा घृणा उत्पन्न हुने कुनै काम कारबाही गर्न र कानुनविपरीत अन्य व्यक्तिले गरेको पोस्ट जानीजानी सेयर–लाइक–रिपोस्ट–लाइभ ब्रोडकास्ट–ट्याग–मेन्सन–सब्सक्राइब–कमेन्ट गर्नेलगायत कार्य गर्नु दण्डनीय हुनेछ । फेक आइडी अर्थात् बेनामी वा छद्मभेषी पहिचान बनाउनसमेत सामाजिक सञ्जालको सञ्चालन, व्यवस्थापन तथा नियमन गर्ने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गर्न बनेको विधेयकले निरुत्साहन गरेको छ । यस्ता गतिविधिलाई कानुन विपरीत मानिने छ ।

नेपालमा सामाजिक सञ्जालको नियमनका लागि केही वैचारिक र कानुनी अस्पष्टता बाँकी नै छन् । यी सञ्जाल सञ्चालक बहुराष्ट्रिय कम्पनी हुन् । तिनलाई कस्तो कानुनबाट कसरी नियन्त्रण गर्ने भन्नेमा अझै अलमल छ । सुरूआती वर्षमा सामाजिक सञ्जालमा जे लेखेबोले पनि त्यसलाई निजी मामिला मानिन्थ्यो र जनताको वैयक्तिक स्वतन्त्रतासँग जोडेर हेरिन्थ्यो तर अहिले यसको व्यापकता र प्रभावले गर्दा यो व्यक्तिको निजी मामिला मात्रै रहेन ।

विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायत संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै यसको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउने सन्दर्भमा सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्ताले नेपालको सार्वभौमसत्ता–भौगोलिक अखण्डता–राष्ट्रिय सुरक्षा–राष्ट्रिय एकता–स्वाधीनता–स्वाभिमान वा राष्ट्रिय हित वा सङ्घीय एकाइबिचको सूसम्बन्धमा प्रतिकूल असर हुने गरी वा वर्गीय–जातीय–धार्मिक–क्षेत्रीय–साम्प्रदायिक र यस्तै अरू कुनै आधारमा घृणा, द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न नगराउनुहुन एवं विभिन्न जात, जाति वा सम्प्रदायबिचको सूसम्बन्धमा खलल पुग्ने गरी प्रस्तुत गर्न वा क्रियाकलाप गर्न पाइँदैन । साथै यसको प्रयोग गर्दा आधारहीन कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा–आत्मसम्मान–गोपनीयता तथा चरित्रमा आघात पु¥याउने, जातीय भेद्भाव–छुवाछुतलाई दुरूत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध दुरूत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढावा दिने वा प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएका कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने सामग्री प्रकाशन वा प्रसारणजस्ता कार्य गर्न गराउन नमिल्ने कानुनी ब्यवस्था छ ।

आजको दुनियाँमा कुनै पनि मानिस सोसल मिडियाबाट अछुतो छैन । अहिले जुनसुकै कुनामा रहे पनि मानिसले एक्लो महसुस गर्नुपर्दैन । ऊ सामाजिक सञ्जाल प्रयोग गर्छ भने यसैमार्फत समूहमै रहेको हुन्छ । उसले आफ्ना विचार, अनुभव र जीवनका हाँसो, खुसी, दुःख, समस्या सेयर गर्न पाउँछ । आज हामीले प्रत्यक्ष देखिराखेका छौंँ, जीवनको कठिनावस्था झेलिरहेका मानिसलाई सामाजिक सञ्जालमार्फत नै सहयोग जुटाउने र प्रदान गर्ने कामसमेत भइरहेको छ । भूकम्प, बाढी, पहिरो, आगजनी जस्ता प्राकृतिक प्रकोपका बेलामा समेत यसमार्फत विश्वभरिबाट राहत सहयोग सङ्कलन र वितरण गर्ने कामसमेत भइरहेको छ । सूचना र सञ्चार यस युगको अद्भुत क्रान्ति हो । यसमार्फत नै मानिसले कठिनभन्दा कठिन कार्य सहज रूपमा गरिरहेका छन्, राजनीतिक सङ्गठन र सामाजिक गतिविधिलाई क्रियाशील बनाइरहेका छन् । कति मानिसले सामाजिक सञ्जाललाई व्यावसायिक मञ्चका रूपमा समेत प्रयोग गरिरहेका छन् ।

सामाजिक सञ्जाल आफैँमा एउटा माध्यम मात्रै हुन्, ती आफैँमा खराब हुन् भन्न सकिँदैन । तिनलाई खराब र राम्रा बनाउने उत्पादक, प्रयोगकर्ता र नियामकले हो । नेपालको संविधानप्रदत्त सूचना तथा अभिव्यक्ति स्वतन्त्रताको हक सीमाहीन पक्कै होइन । सञ्चारमाध्यमले केकस्ता विषय प्रसारण गर्न हुन्छ हुँदैन भनी संविधान, कानुनले तोकेका विषयमा प्रयोगकर्ताले हेक्का राख्नैपर्छ । सामाजिक सञ्जाल पनि अवश्यक सूचना सञ्चारको एउटा स्वरूप भएकाले यसको प्रयोग समाज जोड्न हुनुपर्छ, भत्काउन र भड्काउन होइन । यिनको सदुपयोग गरिए यी माथिका निषेध आवश्यक नै पर्दैन । कानुनी ज्ञान नभएका प्रयोगकर्तासमेतको पहुँचमा रहने यस्ता सञ्जालका सेवा प्रदायकले नै प्रचलित कानुन प्रतिकुलका सामग्री नियन्त्रण र निषेध गर्नु उचित हुन्छ । प्रविधिको सिर्जनशील प्रयोग र नवप्रवत्र्तनलाई हुर्कने र फस्टाउने अवसर दिँदै सामाजिक मूल्यमान्यता र मर्यादाको समेत उचित संवर्धन र प्रवद्र्धन गर्न मिथ्या सूचना प्रवाह नहुने वातावरण निर्माण गर्न पर्याप्त संवाद र तयारी गरी कानुनबाट सामाजिक सञ्जाल प्रयोगमा सकारात्मक नियमन हुने आशा गर्न सकिन्छ ।

त्यसैले सोसल मिडिया प्लेटफर्मलाई सकारात्मक र परिपक्व उपयोगमा ल्याउनका लागि हामी सबै मिलेर नकारात्मक प्रभाव नियन्त्रण गरौंँ । सोका लागि लागि सशक्त कार्यक्रम र नीति अवलम्बन गरौंँ । कामना गरौंँ, यस सुविधाले हामी आफैंँलाई नपोलोस् । विज्ञानको अद्भुत विकासले हामी आफैंँलाई नखाओस् । यसले प्रेमिल दुनियाँ निर्माण गरोस्, जीवन जिउन अझै सहज बनाओस् ।

                                                                     विदुर–१०, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह