+
Search

ताजा अपडेट +

पपुलर +

रसुवागढी नाका अवैध सामान भित्र्याउने ट्रान्जिट

रसुवागढी नाका अवैध सामान भित्र्याउने ट्रान्जिट
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

धुन्चे । रसुवा जिल्ला, गोसाईँकुण्ड-२, रसुवागढीस्थित नेपाल-चीन सीमानाकाबाट अघिल्लो मंगलबार झन्डै दुई किलो चाँदीसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । यो नाकाबाट चालू आवको साउनदेखि चैतसम्म सुन चाँदी अवैध रूपमा भित्र्याउँदै गरेको अभियोगमा एक दर्जनभन्दा बढी नेपाली र चिनियाँ नागरिक पक्राउ परिसकेका छन् ।

पछिल्लोपटक यही चैत १७ गते अपराह्न १ बजेको समयमा एक किलो ६ सय ७३ ग्राम चाँदीसहित चिनियाँ नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रसुुवाका सूचना अधिकारी रमेश रायले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय टिमुरे र सशस्त्र प्रहरी वल नेपाल बिओपी टिमुरेको संयुक्त गस्तीले चेकजाँचको क्रममा चीनबाट नेपालतर्फ आउँदै गरेको पैदलयात्री चिनियाँ नागरिक घ्वाङ बिन्चेङलाई खानतलासी गर्दा उनको सुटकेसभित्र लुकाइछिपाइ ल्याएको ए.८३२५७ लेखिएको चाँदी जस्तो देखिने सेतो धातु दुई थान, पहेँलो तथा पहेँलो धातु चार थान फेला पारेको थियो । प्रहरीले उक्त सामान तुरुन्त नियन्त्रणमा लिई नेपाल बैंक लिमिटेड धुन्चे शाखाबाट गुणस्तर परीक्षण गराई थप अनुसन्धान गरेको थियो । बरामद पहेँलो धातु दुई थान चाँदी रहेको प्रमाणित भई उक्त चाँदीको तौल एक किलो ६ सय ७३ ग्राम रहेको र त्यसको हालको बजार मूल्य रु.६ लाख ९५ हजार ९७ पैसा १३ रहेको प्रहरीले बताएको छ । उक्त चिनियाँ नागरिक घ्वाङ बिन्चेङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि चैत १८ गते नै इपी १२११९४६ नम्बरको राहदानीसहित रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाइएको प्रहरीका सूचना अधिकारी रायले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह