+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि काङ्ग्रेसको जरा अभियान

आजदेखि काङ्ग्रेसको जरा अभियान
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । नेपाली काङ्ग्रेसले सङ्गठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन जरा अभियानको घोषणा गरेको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी एकमहिने जरा अभियान सञ्चालन भएको छ ।

काङ्ग्रेसले ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिका लागि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिसकेको छ । महामन्त्री पौडेलले विसं २०८३ वैशाख १ गतेदेखि एकमहिने जरा अभियान सञ्चालन हुने बताउनुभयो । उहाँले अभियानअन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीको साङ्गठनिक गतिविधिको विश्लेषण गर्ने, जनतासँग, युवासँग र दलबाहिरका शुभेच्छुकसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामाजिक र सिर्जनात्मक अभियान सञ्चालन गर्ने तथा स्थानीय सरकार सञ्चालन र आगामी बजेट निर्माणसँग सम्बन्धित मार्ग निर्देशन एवम् सहजीकरण गर्नु जरा अभियानको उद्देश्य रहेको छ ।’ कार्यक्रममा युवा नेता प्रताप पौडेलले नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनबाट पारित गरेको विधानका सम्बन्धमा, खटिने प्रतिनिधिको कार्यविधि र प्राविधिक विषयका पक्षमा जानकारी गराउनुभयो । महाधिवेशनको कार्यतालिका काङ्ग्रेसले केन्द्रीय प्रतिनिधिको अभिमुखीकरण कार्यक्रम गरेसँगै १५औँ महाधिवेशनको कार्यतालिकाअनुसारको काम सुरु भएको छ । महामन्त्री पौडेलले महाधिवेशनको कार्यतालिकाअनुसार जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएको बताउनुभयो । उहाँले जिल्लामार्फत ६ हजार सात सय ४३ वटै वडामा प्रतिनिधि खटाइने र विसं २०८३ वैशाख १ देखि वैशाख मसान्तसम्म एक महिनाको अवधिमा सदस्यता अद्यावधिक गरिने बताउनुभयो । उहाँले वैशाख महिनाभित्रमा केन्द्रदेखि प्रत्येक तहका पार्टी सदस्य आफ्नो सम्बन्धित वडामा स्वयम् उपस्थित भई आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्ने र यसरी सदस्यता अद्यावधिक गरिएका सदस्यले मात्र काङ्ग्रेस आइडी प्राप्त गर्ने र १५औँ महाधिवेशनमा भाग लिन पाउने बताउनुभयो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह