धुन्चे । रसुवा जिल्लामा बक्सिङ खेलप्रति रुचि राख्ने व्यक्तिको शनिबार धुन्चेमा भएको भेलाले बक्सिङ सङ्घ रसुवा स्थापना गरेको छ । जिल्लामा पहिलोपटक बक्सिङ खेलप्रेमीको भेलाले अध्यक्षमा सुरज न्यौपानेलाई चयन गरेको छ ।
सङ्घको उपाध्यक्षमा धनबहादुर ग्लान, सचिवमा सार्कीफिन्जो शेर्पा, कोषाध्यक्षमा सन्ध्या डङ्गोल तथा सदस्यमा विकास भट्ट, रेजिना मगर र सञ्जय लामिछाने रहनुभएको छ । जिल्लामा अन्य खेल जस्तै बक्सिङको पनि सम्भावना भएकाले सङ्घ गठन गरी पाँचै पालिकामा विस्तार गर्दै लगिने सङ्घका अध्यक्ष न्यौपानेले बताउनुभयो ।






प्रतिक्रिया