+
Search

ताजा अपडेट +

पपुलर +

गोसाईँकुण्डमा दुई जना तिर्थयात्रीको डुबेर मृत्यु

गोसाईँकुण्डमा दुई जना तिर्थयात्रीको डुबेर मृत्यु
सरस्वती न्यौपाने
३ हप्ता अगाडी

धुन्चे । रसुवा जिल्लाको प्रमुख धार्मिक तिर्थस्थल गोसाईँकुण्डमा डुबुल्की मार्ने क्रममा दुई जना तिर्थयात्रीको आइतबार साँझ मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार मोरङ बेलबारी नगरपालिका-४ घर भएका २८ वर्षका मनोज न्यौपाने र बिराटनगर महानगरपालिका-३ का २६ वर्षका सुरज ढकाल ११ गते गोसाईँकुण्ड पुगी करिव साँझ ४ बजेको समयमा नुहाउने क्रममा डुबुल्की मार्दा डुबी मृत्युु भएको हो । कुण्ड गहिरो र बर्खाको समयमा पानीको बहाव बढ्ने हुँदा दुवैजना गहिरो ठाउँमा नुहाउन पसेका कारण डुबेको हुन सक्ने अनुमान गरिएको प्रनाउ शाहीले बताउनुभयो ।

कुण्डमा मानिस डुबेर हराए भन्ने थाहा पाउने बित्तिकै जिल्लामा तैनाथ नेपाली सेनाको उद्धार टोली आइतबार साँझ नै घटनास्थलतर्फ परिचालन गरिएको थियो । १२ गते सोमबार बिहानबाट उद्धार कार्य सुरू गरिएको थियो । अबिरल वर्षाका कारण डुबेको शव निकाल्न कठिन अवस्थामा पनि सोमबार १० बजे दुवैको शव कुण्डबाट निकालिएको थियो । डुबेका व्यक्तिको शव निकाल्न नेपाली सेना श्रीनाथ गणको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी वल २० नम्बर गुल्म सहभागी भएका थिए । मृतकद्वयलाई प्रहरीले मुचुल्का उठाई पोष्टमार्टम पश्चात् परिवारको जिम्मा लगाइएको छ । गोसाईँकुण्ड मेला तथा जनैपूर्णिमाको अवसरमा तिर्थयात्रीको भिड हुने र कुण्डमा नुहाउँदा गर्दा एकले अर्कालाई हात समातेर डुबुल्की मार्न अनुरोध गर्दै पौडी खेल्ने वा तालमा एक्लै डुबुल्की नमार्न सबैलाई आग्रह गरिएको सूचना अधिकारी समेत रहेका रसुवा प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताउनुभयो । यही साउन १३ देखि २४ गते जनैपूर्णिमासम्म गोसाईँकुण्ड मेला भर्न आउने तिर्थयात्रीलाई रसुवा र नुवाकोटको संगमस्थल उत्तरगयाधाम बेत्रावतीदेखि गोसाईँकुण्डसम्म स्वास्थ्य सुरक्षाको राम्रो व्यवस्था मिलाइएको गोसाईँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सन्जिव डिएमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

सरस्वती न्यौपाने