रसुवा

  • गोसाइँकुण्ड क्षेत्रमा रेडपाण्डा देखियो

    २० बैशाख २०८१, बिहीबार ११:२३

    धुन्चे, वसन्त ऋतुको आगमनसँगै चितुवाको टाउको भएका रेडपाण्डा रसुवा जिल्लाको प्रमुख धार्मिकस्थल गोसाइँकुण्ड मार्गमा पर्ने चोलाङपाटी क्षेत्रको जङ्गलमा देखिन थालेको छ । सन् १९८७ मा वन्यजन्तुविज्ञ डा. प्रह्लाद योङ्जेनको अध्ययनले चन्दनबारी तथा चोलाङपाटी क्षेत्रमा रेडपाण्डा पाइने पत्ता लागेको थियो । वन्यजन्तुविज्ञ योङ्जेनले पत्ता लगाए पनि रेडपाण्डा विगतमा देख्न मुस्किल थियो । चन्दनबारी तथा चोलाङपाटी क्षेत्रमा […]

  • भैँचालाबाट ज्यान गुमाएका सैनिकका सम्झनामा स्मृति स्मारक निर्माण

    १८ बैशाख २०८१, मंगलवार १५:४६

    सरस्वती न्यौपाने धुन्चे, विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा परी ज्यान गुमाएका नेपाली सेनाका १० सैनिकका सम्झनामा लाङ्टाङमा ‘स्मृति स्मारक’ निर्माण भएको छ । रसुवा जिल्ला एवं लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ विष्णुदल गणका गणपति प्रमुख सेनानी विक्रम थापाका नेतृत्वमा स्मारकका साथै सात माने निर्माण भएको छ । सोको शिलालेख गत वर्ष भूकम्प दिवसका दिन […]

  • दुधकुण्डमा पर्यटन पूर्वाधार अभाव

    १३ बैशाख २०८१, बिहीबार १४:२३

    सरस्वती न्यौपाने धुन्चे, रसुवाको आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने प्रकृतिबाट निर्मित अनगिन्ती स्थान र स्थल हुँदाहुँदै पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परिरहेको छ । जिल्लाको गोसाइँकुण्ड र लाङटाङ क्षेत्रबाहेक अन्य स्थलको प्रचार–प्रसार हुन सकेको छैन । नेपालको तेस्रो पर्यटकीय गन्तव्य रहेको हिमाली जिल्ला रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे भन्दा माथि खैदीबाट दुई दिनको पैदल यात्रापछि […]

  • अध्यक्ष कप भलिबलको उपाधि हाकु युवा सोसाइटीको पोल्टामा

    १३ बैशाख २०८१, बिहीबार १४:०५

    धुन्चे, वैशाख ४ देखि ७ गतेसम्म सञ्चालन भएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हाकु युवा सोसाइटीको पोल्टामा परेको छ । जिल्लाका १७ टिमले भागले लिएको उक्त प्रतियोगितामा १६ टिमलाई पछि पार्दै हाकु युवा सोसाइटीको टिम विजेता बनेको छ । विजेता भएसँगै हाकुले दुई लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र हात पारेको छ । […]

  • निःशुल्क दन्त शिविर सम्पन्न

    १३ बैशाख २०८१, बिहीबार १४:००

    धुन्चे, कालिका गाउँपालिका रसुवाको आयोजना तथा ट्रेक एन्ड एम्पिडिसन प्रा.लि. काठमाडौंको आर्थिक सहयोग तथा वल्र्ड होरिजन एन्ड सेटपको प्राविधिक सहयोगमा जिबजिबे ग्रामीण अस्पतालमा चारदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । जिल्लाको ग्रामीण भेग उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाका विपन्न गरिब जनतालाई लक्षित गरी कालिका गाउँपालिका–५ मा रहेको जिबजिबे ग्रामीण अस्पतालमा निःशुल्क दन्त शिविर सम्पन्न […]

  • लाङटाङ र गोसाइँकुण्ड पर्यटकले भरिभराउ

    ६ बैशाख २०८१, बिहीबार १५:३३

    सरस्वती न्यौपाने धुन्चे, रसुवा जिल्ला नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल हो । वसन्त ऋतुको आगमनसँगै जिल्लाको प्रमुख पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्डलगायत क्षेत्र आन्तरिक र बाह्य पर्यटकले भरिभराउ भएका छन् । भ्रमण गर्नेको सङ्ख्या आठ हजार सात सयभन्दा बढी पुगिसकेको छ । आजभोलि मौसम सफा रहेकाले हिमाली दृश्यावलोकन गर्दै फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा फोटो […]

  • तीन सामुदायिक वनको कार्ययोजना हस्तान्तरण

    ३० चैत्र २०८०, शुक्रबार ११:२२

    धुन्चे, रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर २ र ३ का तीनवटा सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना गत हप्ता हस्तान्तरण गरिएको छ । उत्तरगया गाउँपालिका– ३ का वडाध्यक्ष लालबहादुर लामा तामाङ, सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने र दिगो वन विकास संयोजक अर्जुन चापागाईंले संयुक्त रूपमा तीनवटा वन कार्ययोजना हस्तान्तरण गरेका हुन् । महासङ्घको […]

  • पूर्वकार्य तथा प्रतिकार्य अभ्यास सम्पन्न

    ३० चैत्र २०८०, शुक्रबार १०:४१

    धुन्चे, रसुवाको उत्तरगया गाउँपालिकामा जिल्ला विपत् व्यवस्थापन रसुवाको आयोजना तथा प्रतिबद्ध परियोजनाको सहयोगमा चैत २० देखि २३ गतेसम्म मौसम पूर्वानुमानमा आधारित पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धी नमुना घटना अभ्यास सम्पन्न भएको छ । कार्यक्रममा जल तथा मौसम विज्ञान विभागले गर्ने मनसुन बुलेटिन सातदिने, तीनदिने र विशेष मौसम तथा बाढीको बुलेटिनमा रही अभ्यास गरिएको थियो । उत्तरगया गाउँपालिकाको […]

  • गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडक योजनाको लापरबाहीले

    २० चैत्र २०८०, मंगलवार १७:४९

    बेत्रावती, रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नम्बर–५ बेत्रावतीमा नालीको ब्यवस्थापन राम्रो नहुँदा आइतबार साँझ आएको अत्याधिक पानीका कारण बाल भत्किएपछि घरभित्र भल पस्दा करिव १३ लाख बराबरको क्षति भएको छ । बेत्रावतीको स्थानीय रन्जना थापाको घर रहेको र करिव १५ देखि २५ मिनेटसम्म परेको पानीले पासाङल्हामु मार्गको नाली हुँदै आएको भल पानी र अन्य ठाउँबाट […]

  • बिर्ता समस्या समाधान गर्न पालिकामा मागपत्र पेस

    १५ चैत्र २०८०, बिहीबार १२:४०

    धुन्चे, भूमि अधिकार मञ्च रसुवाले बिर्ता समस्या समाधान गरिदिन स्थानीय तह कालिका गाउँपालिकामा मागपत्र पेस गरेको छ । कालिका गाउँपालिका पूर्वउपाध्यक्ष तथा जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष भवानी न्यौपानेले तत्कालीन राजाको हुकुमी शासनमा आसेपासेलाई वितरण गरिएको र जोतभोगको आधारमा बिर्ता समस्या समाधानको सहजीकरणका लागि कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटालाई लिखित ६ बुँदे मागपत्र पेस गरेका […]