+
Search

ताजा अपडेट +

पपुलर +

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडक योजनाको लापरबाहीले

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडक योजनाको लापरबाहीले
त्रिशूली प्रवाह
२ साल अगाडी

बेत्रावती, रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नम्बर–५ बेत्रावतीमा नालीको ब्यवस्थापन राम्रो नहुँदा आइतबार साँझ आएको अत्याधिक पानीका कारण बाल भत्किएपछि घरभित्र भल पस्दा करिव १३ लाख बराबरको क्षति भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

बेत्रावतीको स्थानीय रन्जना थापाको घर रहेको र करिव १५ देखि २५ मिनेटसम्म परेको पानीले पासाङल्हामु मार्गको नाली हुँदै आएको भल पानी र अन्य ठाउँबाट मिसिएर आएको लेदो पानीले निलकण्ठ मा.वि. बोगटीटारकी शिक्षिका समेत रहनुभएकी थापाको घरमा क्षति पु¥याएको हो । थापाको घरमा रहेको पर्खाल भत्किएको छ भने लगाएको ग्याबिन तार समेत बगाएको बताउँदै खानेपानी तथा आँगन समेत पुरिंदा करिव १३ लाखको क्षति भएको बताईएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक निर्माण भईरहेको र सो क्षेत्रमा सडकको काम समयमै सम्पन्न नगरीदिंदा स्थानीय जनताले ठूलो सास्ती र क्षति ब्यहोरीरहनुपरेको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक योजना र ठेकेदारको लापरबाहीले गर्दा पानी जाने नाली ब्यवस्थापन हुन नसक्दा यस्तो क्षति ब्यहोर्नुपरेको स्थानीय समाजसेवी गणेश श्रेष्ठले बताउनु भयो । यस्तो क्षति जो कोहीको हुन सक्छ र यस घटनाले स्थानीयमा एक प्रकारको भय र त्रास भईरहेको उनले बताए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह