रसुवा

  • उत्तरगयाको ६ वटै वडामा विपत् प्रतिकार्य प्रशिक्षण सम्पन्न

    १ असार २०८०, शुक्रबार १५:२७

    धुन्चे, रसुवा जिल्ला र लामटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना विष्णु दल गणले आयोजना गरेको विपत् प्रतिकार्यसम्बन्धी नौदिने प्रशिक्षण समापन भएको छ । जिल्लाको उत्तरगया गाउँपालिकाको ६ वटै वडामा विपत्सम्बन्धी कार्य गर्ने गरी तोकिएको सम्पर्क व्यक्तिलाई सेनाले प्रशिक्षण दिएको थियो । उत्तरगया गाउँपालिकाको आयोजनामा विपत् व्यवस्थापन समिति र स्थानीय विपत् व्यवस्थापन समिति सहयोग तथा […]

  • मुख्यमन्त्री जनस्वास्थ्य कार्यक्रम शुरू

    २५ जेष्ठ २०८०, बिहीबार १४:११

    धुन्चे, रसुवा जिल्लामा रहेको आयुर्बेद स्वास्थ्य केन्द्रले मुख्यमन्त्री जनस्वास्थ्य कार्यक्रम अन्तरगत परीक्षण निदान, परामर्श र उपचार सेवा थालनी गरेको छ । मुख्यमन्त्री जनस्वास्थ्य कार्यक्रम संयोजक वरिष्ठ बैध शंकरप्रसादका अनुसार जेठ दुई गतेबाट असार मसान्तसम्म हरेक हप्ताको मंगलबार निःशुल्क तौल नाप, मधुमेहलगायत सर्ने रोगबाहेकका नसर्ने रोगको चेकजाँच गरिने छ । चार हप्तामा जिल्लाका ८६ जनालाई उपचार […]

  • सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १६० जनाले सेवा लिए

    २५ जेष्ठ २०८०, बिहीबार १२:४२

    धुन्चे, रसुवाको उत्तरगया गाउँपालिकाको कार्यालय खाल्टेमा नेपाली सेना विष्णु दल गणले गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक सय ६० जनाले सेवा लिएका छन् । नेपाली सेना विष्णु दल गण, जनस्वास्थ्य कार्यालय र रसुवा अस्पतालको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न निःशुल्क शिविरबाट एक सय ६० जनाले सेवा लिएको पालिकाले जानकारी दिएको छ । उक्त शिविरमा प्रेसरको समस्या ११ […]

  • उत्तरगया र कालिकामा धूम्रपानविरुद्ध सन्देशमूलक कार्यक्रम

    २५ जेष्ठ २०८०, बिहीबार ११:५७

    बेत्रावती, रसुवामा सामाजिक क्षेत्रमा सक्रिय संस्था लालीगुराँस सामुदायिक विकास केन्द्रले उत्तरगया र कालिका गाउँपालिकासँग समन्वय गरेर धूम्रपान तथा सुर्तीजन्य पदार्थको उपभोगबाट हुने रोगको रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी सन्देशमूलक कार्यक्रम चालू आवमा सम्पन्न गरेको छ । केन्द्रले नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य करकोष काठमाडौंको सहयोगमा रसुवाको उत्तरगया र कालिका गाउँपालिकामा गत महिनामा धूम्रपान […]

  • स्थानीय पाठ्यक्रम निर्माण गर्न कार्यशाला सम्पन्न

    २५ जेष्ठ २०८०, बिहीबार ११:५५

    सरस्वती न्यौपाने धुन्चे, उत्तरगया गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माणका लागि विषयवस्तु छनोट गर्न गत हप्ता कार्यशाला सम्पन्न भएको छ । आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने गरी तयारी गर्न र विषयवस्तु छनोट गर्न कार्यशालाको आयोजना गरिएको हो । पहिलो दिन स्थानीय पाठ्यक्रम निर्माणका लागि विषयवस्तु छनोटसम्बन्धी कार्यविधि २०७७ को आधारमा स्थानीय तहमा पाठ्यक्रम निर्माणका लागि […]

  • बालविकास सहजकर्तालाई मन्टेसरी तालिम

    २५ जेष्ठ २०८०, बिहीबार ११:५२

    धुन्चे, गोसाइँकुण्ड गाउँपालिकाभित्रका विद्यालयका २० जना बालविकास शिक्षकलाई पाँचदिने मन्टेसरी तालिम गत हप्ता सम्पन्न भएको छ । जेठ १३ देखि १७ गतेसम्म सञ्चालन भएको उक्त तालिम गोसाइँकुण्ड गाउँपालिका र शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजनामा गरेको हो । १३ गते शिक्षा विकास तथा समन्वय एकाइमा १४ र १५ गते रसुवा माविमा, १६ र १७ गते […]

  • गोसाइँकुण्ड मेला सम्पन्न पाँच हजार पाँच सय तीर्थयात्रीको आगमन

    १८ जेष्ठ २०८०, बिहीबार १३:२९

    सरस्वती न्यौपाने धुन्चे, ऐतिहासिक एवम् धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित गोसाइँकुण्डमा यस वर्षको जेठ ६ गते प्रतिपदादेखि १६ गतेसम्म लाग्ने गंगादशहरा मेला सम्पन्न भएको छ । मेला अवधिमा पाँच हजारभन्दा बढी तीर्थयात्री पुगेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जानकारी दिएको छ । दशहरा मेला भर्न गोसाइँकुण्डमा धार्मिक पर्यटक भित्रिने राम्रो मौसम भएकाले पनि आफ्नो मनोकाङ्क्षा पूरा गर्न […]

  • दोस्रो पालिका अध्यक्ष कपको उपाधि ठाँडेलाई

    १८ जेष्ठ २०८०, बिहीबार १३:२४

    धुन्चे, १६औँ गणतन्त्र दिवसको अवसरमा रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेमा सम्पन्न भएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताका उपाधि रिसाङ भूमि युवा क्लब ठाँडेले हात पारेको छ । प्रतियोगिताको विजयी रिसाङ भूमि युवा क्लबले सिल्ड र नगद दुई लाखसहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा जुनतारा युवा क्लब ग्रे दोस्रो भएर नगद एक लाख […]

  • बहुमूल्य रुबी र चाँदीको खानी क्षेत्रका अन्वेषण अनुसन्धान थन्कियो

    ११ जेष्ठ २०८०, बिहीबार १२:४७

    शरण उत्सुक सापकोट धुन्चे, नेपालको प्राकृतिक स्रोत र साधान उपभोग गर्न नसंक्दा विश्वको गरिवी देशको सूचिमा नाम लेखाउन बाध्य छ । नेपाललाई धनी बनाउने प्राकृतिक स्रोत र साधन अनगिन्ती रहेपनि देशको नेतृत्व गर्ने वर्गको दृष्टि नपुग्दा नेपाली जनता गरिवीको खाडलबाट निस्कन सकेका छैनन् । नेपाललाई धनी बनाउने अनगिन्ती धातु र पत्थर नेपालमा रहेको प्रमाणित भईरहेको […]

  • धर्म परिवर्तन गराउने समूह निगरानीमा

    ४ जेष्ठ २०८०, बिहीबार १२:२८

    शशि डङ्गोल बेत्रावतीबजार, नुवाकोट र रसुवा जिल्लाको सिमानामा रहेको ऐतिहासिक, धार्मिक क्षेत्र बेत्रावती बजार क्षेत्रमा धर्म परिवर्तन गराउने समूह सक्रिय हुन थालेपछि स्थानीयले चासो र निगरानी गर्न थालेका छन् । आइतबार अघोषित रूपमा प्रलोभनमा पारी धर्म परिवर्तन गराउनेलाई चेतावनी दिँदै यस्ता गैरकानुनी क्रियाकलाप रोक्ने विषयमा आइतबार स्थानीयले छलफल गरेका छन् । स्थानीय सङ्घ-संस्थाको प्रतिनिधि र […]