रसुवा

  • स्याउबारीमा व्यावसायिक च्याउखेती

    ६ भाद्र २०८१, बिहीबार १२:१८

    धुन्चे । कालिका गाउँपालिका-२ स्याउबारीमा व्यावसायिक च्याउखेती सुरु भएको छ । च्याउखेतीका लागि अनुकूल हावापानी रहेको रसुवाको उक्त क्षेत्रमा स्थानीय चार युवाको रु. ६ लाखको लगानीमा १५ टनेल बनाइएको छ । स्थानीयवासीको १० रोपनी जग्गा भाडामा लिएर विकास तामाङ, प्रवीण घिमिरे, मनीष श्रेष्ठ र सन्देश पौडेलले च्याउखेती थालनी गरेका हुन् । व्यक्तिगत लगानीमा जेके एग्रो […]

  • जनैपूर्णिमा मेला सम्पन्न

    ६ भाद्र २०८१, बिहीबार १२:०५

    धुन्चे । रसुवा जिल्लामा रहेका प्रमुख धार्मिक एवम् पर्यटकीयस्थल गोसाइँकुण्ड र पार्वतीकुण्डमा यस वर्षको जनैपूर्णिमा मेला सम्पन्न भएको छ । मेला भर्न यसपटक गोसाइँथानमा लगभग १२ हजार र पार्वतीकुण्डमा ६ हजार तीर्थयात्री आएको स्थानीयवासीले बताएका छन् । समुद्री सतहबाट चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा नीलकण्ठ महादेव शयनावस्थामा रहेको विश्वास गरिन्छ । […]

  • गत वर्षको मालपोत राजस्व बाँडफाँट

    ५ भाद्र २०८१, बुधबार १६:५३

    धुन्चे । गत आवमा रसुवा जिल्लाका पाँचवटा पालिकामध्ये नौकुण्डमा बढी र आमाछोदिङ्मोमा जग्गाको कारोबार कम भएको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहले ग्रामीण सडक निर्माण, गाउँ–गाउँमा यातायातको सुविधा, वरपरका क्षेत्रमा घर तथा बगैँचाका लागि जग्गा बिक्रीले मालपोत राजस्व बढाएको छ । गत आव २०८०/०८१ मा मालपोतले उठाएको राजस्वमध्ये ६० प्रतिशत पालिका र ४० प्रतिशत बागमती […]

  • उत्तरगयाधामदेखि गोसाईँकुण्डसम्म कलश यात्रा

    ४ भाद्र २०८१, मंगलवार १४:३६

    धुन्चे । रसुवा र नुवाकोट जिल्लाको सङ्गमस्थल उत्तरगयाधामदेखि कालिका मन्दिर गोसाईँकुण्डबाट पार्वतीकुण्डसम्म जनैपूर्णिमा मेलाका अवसरमा गत बिहीबारदेखि कलश यात्रा सुरू भएको छ । कालिका–२ का पुष्पराज देवकोटा भन्छन्, “कुण्डको जल लिएर चढाउन तथा पूजापाठ गर्नका लागि कलश यात्रा गरिएको हो ।” बेत्रगङ्गाको जल उत्तरगयामा बनेको एक सय आठ शिवलिङ्ग र कालिका मन्दिरमा चढाइने र पैदल […]

  • रसुवागढी सडक गतिलो नहुँदा चीनबाट आयातीत सामान सामुद्रिक मार्गबाट

    ३१ श्रावण २०८१, बिहीबार १२:३९

    काठमाडौँ । उत्तरी छिमेकी देश चीनबाट आयात गरिएका सामानको लागत कम पर्ने र दुई हप्तामै नेपाल आइपुग्ने भए पनि रसुवागढी नाकाको सडक गतिलो नहुँदा व्यवसायी सामुद्रिक मार्ग रोज्न बाध्य छन् । सडक पूर्वाधार भरपर्दो नहुँदा चीन र नेपालबीचको रसुवागढी नाकाबाट हुने व्यापार तुलनात्मक रूपमा कम हुँदै गएको छ । नेपाली व्यवसायीले महँगो, संवेदनशील र ठूलो […]

  • गत्लाङमा रू ५३ लाखको आलु उत्पादन

    ३० श्रावण २०८१, बुधबार १३:२५

    सरस्वती न्यौपाने धुन्चे । रसुवा जिल्लाको माथिल्लो भेगका कृषकले हरेक वर्ष बर्खे आलुखेतीबाट मनग्गे आम्दानी लिने गरेका छन् । जिल्लाको माथिल्लो भेगमा पर्ने आमाछोदिङ्मो–३ गत्लाङ गाउँबाट मात्रै यस वर्ष रु ५२ लाख ५० हजार बराबरको आलु फलेको पालिकाले जनाएको छ । तामाङ बस्ती रहेको पाँच सय घरधुरी रहेको गत्लाङ गाउँका प्रायः सबै मानिसको मुख्य पेसा […]

  • गोसाइँकुण्ड मेला शुरू

    २८ श्रावण २०८१, सोमबार १६:०७

    रसुवा । यस वर्ष पनि जनैपूर्णिमाका अवसरमा रसुवाको प्रमुख धार्मिकस्थल गोसाईँकुण्डमा मेला सुरु भइसकेको छ । कुण्ड आवतजावत गर्ने यात्रुका लागि खाना, बास र घोडाचढीमा नठगियून् भनेर सरोकारवालाले विशेष निर्णय गरेको छ । यही साउन २२ गते जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीका संयोजकत्वमा बसेको बैठकले घट्टेखोलादेखि गोसाईँकुण्डसम्मको पदमार्गमा रहेका होटल […]

  • रसुवाको अकबरे खुर्सानी दरबारमार्गमा

    २४ श्रावण २०८१, बिहीबार १३:१२

    सरस्वती न्यौपाने धुन्चे । रसुवा जिल्ला उत्तरगया गाउँपालिका-१, २, ३ का डाँडागाउँ, ठूलोगाउँ, सिरुचेत अहिले अकबरे खुर्सानीको पकेट क्षेत्र बनेका छन् । अकबरे खुर्सानी खेतीबाटै यस भेगका बासिन्दाले मनग्य आम्दानी लिइरहेका छन् । गाउँपालिका र हेफर प्रोजेक्ट नेपालका साझेदारीमा सिड्स रसुवाबाट सञ्चालित उत्तरगया कृषि तथा पशु उद्यमशीलता विकास परियोजना कार्यक्रमअन्तर्गत यस वर्ष यस भेगका करिब […]

  • लाङटाङ एफएमको वार्षिकोत्सव सम्पन्न

    १७ श्रावण २०८१, बिहीबार १३:१५

    कालिकास्थान । पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालको दशौँ वार्षिक साधारणसभाका अवसरमा रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार ‘कान्तिपुर’का रसुवा संवाददाता बलराम घिमिरेलाई प्रदान गरिएको छ । रसुवा जिल्लाकै पहिलो मन्त्री रामकृष्ण आचार्यका नाममा स्थापित सो पुरस्कार जिल्लाको समग्र राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, सांस्कृतिक एवम् ऐतिहासिक विषयमा जनचेतना प्रवद्र्धनका साथै कृषि, पशुपालन, वन, वातावरणलगायत समसामयिक […]

  • एसइई ग्रेडवृद्धि परीक्षामा रसुवाबाट चारसय सहभागी

    १७ श्रावण २०८१, बिहीबार १३:०७

    धुन्चे । रसुवाबाट माध्यमिक शिक्षा परीक्षा ०८० को पूरक ग्रेडवृद्धि परीक्षामा ४०६ जना सहभागी हुने भएका छन् । यही साउन २३ देखि सुरु हुने परीक्षा मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म हुने भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ रसुवाका अनुसार एसइई पूरक ग्रेडवृद्धि परीक्षाका लागि रसुवा मावि धुन्चे र बागेश्वरी मावि धारापानीमा परीक्षा […]