राजनीति

  • आर्थिक समृद्धिका लागि सबै एकजुट हुनुपर्छ : पूर्वअर्थमन्त्री लोहनी

    २२ चैत्र २०८०, बिहीबार ११:३३

    विदुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा रोजगारको सिर्जना र आर्थिक समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । राप्रपा नुवाकोटले शुक्रबार विदुर नगरपालिका–४ बट्टारमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका लोहनीले देशको अर्थतन्त्र सुधारका लागि युवा पुस्तालाई रोजगार र कृषि क्षेत्रमा संलग्न गराउने कार्यक्रम समावेश गर्नुपर्ने बताए । […]

  • एमाले विनपा–७ को अधिवेशन सम्पन्न

    १४ चैत्र २०८०, बुधबार १३:५९

    तुप्चे, नेकपा (एमाले) विदुर नगरपालिका वडा नं.-७ कमिटिको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले धु्रव थापाको अध्यक्षता १५ सदस्यीय वडाकमिटि सर्वसम्मत चयन गरेको छ । वडा कमिटिको उपाध्यक्षमा घमनसिंह तामाङ, सचिवमा नरबहादुर तामाङ, दुई उप-सचिवमा नवराज अधिकारी र सरिता अधिकारी, सदस्यमा ठाकुर खड्का, ताराबहादुर लामिछाने, चुनेमान तामाङ, कल्पना बस्नेत, करिना नेपाल, रामकृष्ण अधिकारी, […]

  • राष्ट्रियसभा अध्यक्षमा दाहाल निर्वाचित

    १ चैत्र २०८०, बिहीबार १५:३४

    काठमाडौं, राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल मंगलबार निर्वाचित भएका छन् । पछिल्लो सत्तागठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका दाहाल राष्ट्रिय सभा बैठकमा भएको मत विभाजन प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्तुत प्रस्तावको पक्षमा ३९ मत र विपक्षमा १७ मत खस्यो । मत विभाजन […]

  • माओवादीको वैकल्पिक केन्द्रीय सदस्यमा खतिवडा

    ३ फाल्गुन २०८०, बिहीबार १२:०३

    विदुर, नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा नुवाकोटबाट एकजना सदस्य थपिएका छन् । माओवादी केन्द्रको आइतबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदुर नगरपालिका–७ तुप्चे नुवाकोटका हिरानाथ खतिवडालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । खतिवडासहित माओवादीको केन्द्रीय कार्यसमितिमा नुवाकोटबाट पाँचजना नेताले प्रतिनिधित्व गर्नेछन् । केन्द्रीय समितिमा हितबहादुर तामाङ, विमला सुवेदी, राधिका […]

  • राष्ट्रियसभामा बागमतीबाट नुवाकोटका श्रीकृष्ण निर्वाचित

    १८ माघ २०८०, बिहीबार १२:१९

    विदुर, २०७२ को संविधानले व्यवस्था गरेको माथिल्लो सदन (राष्ट्रिय सभा) को आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ पदका लागि गत बिहीबार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट सत्तागठबन्धका चारैजना उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट महिला कोटामा विष्णुकुमारी पुडासैनीले ६ हजार ६ सय २२, अल्पसङ्ख्यक–अपाङ्गता कोटामा नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारीले ६ […]

  • नुवाकोटका पाण्डे एमालेको केन्द्रीय सदस्यमा मनोनीत

    २६ पुष २०८०, बिहीबार १३:३२

    काठमाडौं, नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले नुवाकोटका एमालेका युवा नेता केशवराज पाण्डेसहित ६ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । शुक्रबार बसेको एमाले सचिवालय बैठकले यसअघि एमाले प्रदेश अध्यक्षबाट बिदा भएका पाँचजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । मनोनीत हुनेमा बागमती प्रदेशबाट केशवराज पाण्डे, कोशी प्रदेशबाट तुल्सीप्रसाद न्यौपाने, कर्णालीबाट विनोद शाह, मधेशबाट रामअवतार […]

  • राष्ट्रिय सभाको चार सिटका लागि बागमतीका १५ जनाको उम्मेदवारी

    २६ पुष २०८०, बिहीबार १३:२४

    हेटौँडा (मकवानपुर), राष्ट्रिय सभाको रिक्त १९ सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदै छ । उक्त निर्वाचनमा बागमती प्रदेशका तीन सय ३७ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले दिएको जानकारीअनुसार तीन सय ३७ मतदाता रहेका छन् । बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने […]

  • नेता चोखा छैनन् भन्ने भाष्यलाई चिर्न पाँच सय र हजारका नोट विमुद्रीकरण आवश्यक

    ५ पुष २०८०, बिहीबार १२:३९

    अर्जुननरसिंह केसी देश ६ वटा संविधानपछि सातौँ संविधानको अभ्यासमा छ । एउटा संविधानको समाप्ति र अर्को संविधान प्राप्तिको यात्रामा नेपालले लगभग आठ दशकको अमूल्य कालखण्ड प्रयोगमै गुजारिसकेको छ । ऐतिहासिक राजनीतिक परिवर्तनका सङ्कल्प र संविधानद्वारा निर्दिष्ट लक्ष्य प्राप्तिमा असफलता नै आजको प्रमुख चुनौती हो । कुनै तन्त्रको पक्ष वा विपक्षमा भन्दा पनि वर्तमान अव्यवस्था, विधिविहीनता, भ्रष्टाचार, कुशासन र […]

  • काङ्ग्रेस एकढिक्का भए बहुमत सुनिश्चित

    ५ पुष २०८०, बिहीबार १२:१६

    विदुर, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहित साना दल मिसन ८४ को तयारीमा जुट्दा सत्ताघटकको प्रमुख दल नेपाली काङ्ग्रेस भने आन्तरिक कलह व्यवस्थापनमा समय गुजारिरहेको छ । नेपाली काङ्ग्रेस नुवाकोटको पहिलो जिल्ला सम्मेलनको उद्घाटन गर्न आएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस एकढिक्का भए आगामी २०८४ मा हुने निर्वाचनमा नेपाली काङ्ग्रेसको बहुमत सुनिश्चित हुने बताएका छन् […]

  • समृद्धिका लागि एमाले नुवाकोटको आधारपत्र

    २८ मंसिर २०८०, बिहीबार १३:३३

    बद्री मैनालीअध्यक्षनेकपा एमाले, नुवाकोट नेपाली कम्युनिस्ट आन्दोलनको मूलधारको रूपमा रहेको गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीले जनताको माग र आवश्यकताअनुरूप नेपाली जनताको मुक्तिका लागि चालेको कदमप्रति हार्दिक आभार प्रकट गर्दछौँ । पार्टीले चालेको मिसन ग्रासरुट अभियानको सफलतापछि समृद्धि र विकासका लागि मध्यपहाडी क्षेत्रको समस्या पहिचानका लागि नेकपा एमालेले नै निर्माण कार्य थालनी गरेको […]