रसुवामा तीनजनाको उम्मेदवारी फिर्ता २६ जना मैदानमा

  • त्रिशूली प्रवाह
  • २७ आश्विन २०७९, बिहीबार ११:५३

धुन्चे, रसुवा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका तीनजना उम्मेदवारले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् ।

२३ गते आइतबार उम्मेदवारी मनोनयन दर्ता गरेका नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवार शिवप्रसाद लामिछाने, प्रदेश सभा क्षेत्र (क) तर्फ उम्मेदवारी दर्ता गरेका एकीकृत समाजवादीकै सनथ देवकोटा र प्रदेशसभा क्षेत्र (ख) तर्फका उम्मेदवारी दर्ता गरेका रामप्रसाद न्यौपानेले निर्वाचन कार्यतालिकाअनुसार बुधबार दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका थिए । उनीहरूको निवेदन प्रक्रियाअनुसार आएकाले फिर्ता गरी अन्तिम नामावली निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको छ । निर्वाचनका लागि रसुवामा अब २६ जना उम्मेदवार मैदानमा रहेका छन् ।