क्षेत्र नम्बर १ बाट चुनाव उठ्ने डा.केसी तयारीमा

  • त्रिशूली प्रवाह
  • २३ असार २०७९, बिहीबार १३:४५

विदुर, निर्वाचन आयोगले प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको लागि आगामी कार्तिक ३० तथा मंसिर २ र ५ गरी ३ वटा मिति प्रस्ताव गर्ने तयारी गरेपछि निर्वाचनको लागि उम्मेदवार हुन चाहनेले घोषणा गर्न थालेका छन् । प्रतिनिधीसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका नेता तथा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा.केदारनरसिंह केसीले पनि उम्मेदवारी दिने गरी छलफल अगाडी बढाएका छन् ।

२०४८ सालपछिका कुनै पनि निर्वाचनमा आफ्नो जन्मथलोबाट प्रतिनिधित्व गर्ने गरी अघि बढ्न नपाएको भन्दै नेता केसीले क्षेत्र नम्बर १ बाट चुनाव लड्न चाहेको बताएका हुन । काँग्रेस प्रवक्ता डा.प्रकाशरण महतले काठमाडौंबाट भन्दा नुवाकोटको क्षेत्र नम्बर १ बाट चुनाव उठ्ने चर्चा चलेसँगै डा.केसीले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । यद्यपि उनले आफ्नो परिवारमा सल्लाह गरेर निर्णय लिने बताएका छन । केसीका चार दाजुभाई काँग्रेसकै प्रत्यक्ष राजनीतिमा रहेका छन । जेठो अर्जुननरसिंह केसी, स्वयम् केदार नरसिंह केसी, जगदिश्वरनरसिंह र धनन्जयनरसिंह काँग्रेसको पूर्णकालीन राजीतिमा रहेका छन् । चिकित्सकको रूपमा सामाजिक छबि समेत बनाएका केसीले क्षेत्र नम्बर १ बाटै चुनाव लड्ने तयारी गरेपछि डा.प्रकाशरण महत भने धर्मसंकटमा परेका छन । उनी एकपटक नुवाकोटमा चुनाव लडेर पराजित भएपछि काठमाडौं क्षेत्र नम्बर ५ चुनाव लड्न गएका थिए । अहिले डाक्टर महत नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेसँगै डा.केदारनरसिङ केसीले पनी त्यहीँ क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा जुटिरहेका छन् । आफु एकपटक मात्रै निर्वाचन प्रक्रियामा भाग लिने बताउँदै उहाँले निर्वाचन क्षेत्र नमबर १ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।