+
Search

ताजा अपडेट +

पपुलर +

ॐ श्री गोसाइँकुण्ड सहकारीका संस्थापक सम्मानित

त्रिशूली प्रवाह
६ साल अगाडी

बट्टार, विदुर नगरपालिका– २ बट्टारमा रहेको ॐ श्री गोसाइँकुण्ड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा बट्टारमा मङ्सिर ११ गते किरियापुत्री कल्याण प्रतिष्ठानलाई ५१ हजार १ सय २५ रुपैयाँ प्रदान गरेको छ । सो अवसरमा सहकारीका संस्थापक २५ जना सदस्यलाई सम्मानसमेत गरेको छ ।

Utsuk Books & Stationery

सहकारीको १८औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले प्रतिष्ठानका अध्यक्ष मोहनबहादुर खड्कालाई चेक हस्तान्तरण गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यले नै सहकारीलाई आर्थिक नीतिमा समावेश गरेको उल्लेख गरिन् । बैंक तथा ठूला वित्तीय संस्थाले समेट्न नसकेका साना व्यवसायीलाई सहकारीले वित्तीय सहयोग गर्दै आएका बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य कल्पना नेपालीले वित्तीय कारोबारका साथै सहकारीले रोजगारीको सिर्जना गरेको बताए । नुवाकोट जिल्लाभित्र मात्रै झन्डै पाँच हजारको हाराहारीमा रोजगारी सिर्जना गर्न सहकारी सफल भएको छ । सो कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ सहकारीलाई मर्ज गर्दै ठूला व्यावसायिक क्षेत्रमा होमिन आग्रह गरे ।

०५८ सालमा स्थापना भएको सहकारीले रेमिट्यान्स सेवा, लघु कर्जा कार्यक्रम, सीप विकास तालिम तथा जीविकोपार्जनको विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीका सचिव रामकृष्ण राजभण्डारीले बताए । सहकारीमा हाल दुई हजार १ सय २५ सेयर सदस्य रहेका छन् ।

वडा नम्बर ४ को वडाध्यक्ष टलकमान श्रेष्ठ, जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष राजेश श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की, विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष सञ्जीव श्रेष्ठलगायतले आर्थिक समृद्धिका लागि सहकरीको महत्वपुर्ण भूमिका रहेको बताए । सहकारीले कवीन्द्रमान प्रधान, धननारायण चित्रकार, इन्द्रबहादुर पण्डित, पुष्प अमात्य, कृष्णसिंह प्रधान, ठाकुर पुडासैनीलगायत २५ जना संस्थापक सदस्यलाई सम्मान गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह