+
Search

ताजा अपडेट +

पपुलर +

प्याब्सनद्वारा शिक्षक, कर्मचारी, विद्यार्थी र विद्यालयलाई नगद सहयोग

प्याब्सनद्वारा शिक्षक, कर्मचारी, विद्यार्थी र विद्यालयलाई नगद सहयोग
त्रिशूली प्रवाह
३९ मिनेट अगाडी

विदुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले गत भदौ १० गतेको भोटेकोशी–त्रिशूली हिमबाढीमा परी मृत्यु भएका शिक्षक, विद्यार्थी र क्षतिग्रस्त विद्यालयलाई नगद सहयोग प्रदान गरेको छ । परिवार र घरबारविहीन २५ सञ्चालक–गुठियारका लागि राहतस्वरूप प्रतिव्यक्ति रू.७५ हजार, ५८ शिक्षक र कर्मचारीका लागि राहतस्वरूप प्रतिव्यक्ति रू.६० हजारका दरले उपलब्ध गराइएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

उक्त कार्यमा सहयोग र सहजीकरण गर्ने प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्षलगायत विपत् व्यवस्थापन, प्रदेश र जिल्ला समिति तथा देशभरका प्याब्सनिस्ट सबैमा प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले आभारसहित धन्यवाद व्यक्त गर्नुभयो । प्याब्सन नुवाकोटले बाढीबाट पूर्ण रूपमा क्षति भएका उत्तरगया पब्लिक इङ्ग्लिस स्कुल विदुर–१०, वेत्रावती, मोडर्न ट्रिनिटी, रामचन्द्र आधारभूतलगायत विद्यालयका करिब दुई सय विद्यार्थीलाई पाठ्यपुस्तक, पाठ्यसामग्री, पोसाकलगायत आवश्यक सामग्रीसमेत निःशुल्क उपलब्ध गराई अध्ययनको व्यवस्थासमेत गरेको छ । बाढीले भौतिक संरचना पूरै बगाएका त्रिशूली सामुदायिक बोर्डिङ स्कुल विदुर–१, त्रिशूली र उत्तरगया पब्लिक इङ्ग्लिस स्कुल वेत्रावतीलाई रू.१०–१० लाख प्रदान गरिएको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह