ज्येष्ठ नागरिक सम्मान

  • त्रिशूली प्रवाह
  • १९ मंसिर २०७६, बिहीबार १३:३७

रानीपौवा, ककनी गाउँपालिकाले ज्येष्ठ नागरिक र सुत्केरीलाई सम्मान गरेको छ ।

गाउँपालिकाको अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता खतिवडा र प्रमुख प्रशासकीय अधिकृत टुनाबहादुर श्रेष्ठसहितको टोलीले वडा नं. ६ र ७ का ९० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई र स्वास्थ्य संस्थामा बच्चा जन्माएका सुत्केरीलाई भेटेरै सम्मान तथा प्रोत्साहन गरेको हो ।

गाउँपालिकाका अनुसार वडा नम्बर– ६ को क्यौरिनीस्थित नवजीवन माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ९० वर्षमाथिका नौजना ज्येष्ठ नागरिकलाई जनही दुई हजार नगदसहित दोसल्ला र प्रमाणपत्रबाट सम्मान गर्दै न्यानो कपडा वितरण गरिएको हो । त्यसैगरी वडा नम्बर ७ को चतुरालेस्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उक्त वडाका ४ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने आठजना सुत्केरीलाई पोषिलो खाना वितरण गरिएको थियो ।