विदुर । जिल्ला निर्वाचन कार्यालय नुवाकोटले आव.२०८३/०८४ को तीन महिनामा मतदाता नामावलीबाट एक हजार ६४ को नाम हटाएको छ भने दुई हजार ६ जनाको नाम मतदाता नामावलीमा दर्ता गरेको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको जानकारी जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन अधिकारी होमबहादुर थापामगरले दिनुभयो ।


निर्वाचन अधिकारी थापामगरका अनुसार चालू आवको साउन, भदौ र असोजमा गरेको अद्यावधिक विवरणअनुसार त्रुटि सच्याउने ६१, ठाउँ सार्ने एक सय ७१ रहेका छन् । नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ६४ जना मृत्यु भएका, जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा नेपाली नागरिकता परित्याग गरेका एक व्यक्ति छन् । सम्बन्धित वडा कार्यालयबाट प्राप्त मृत्युदर्ताको विवरणका आधारमा उहाँहरूको नाम हटाइएको हो । त्यसैगरी निर्वाचन आयोगको प्रणालीमार्फत विवरण परीक्षण गर्दा दोहोरो नाम दर्ता भएका नौ सय ९३ जनाको नाम हटाइएको निर्वाचन अधिकारी थापामगरले जानकारी दिनुभयो । कार्यालयले नाम हटाइएका व्यक्तिको विवरण सार्वजनिक गर्दै त्यसउपर कुनै दाबीविरोध भए आवश्यक प्रमाणसहित सम्पर्क गर्न सम्बन्धित व्यक्तिलाई त्यसअघि आग्रह गरेको थियो । मतदाता नामावलीलाई त्रुटिरहित र अद्यावधिक बनाउन विवरण परीक्षण गरी नाम हटाइएको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले गत असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छ ।








प्रतिक्रिया