+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपीडितलाई घरभाडा वितरण सुरू

बाढीपीडितलाई घरभाडा वितरण सुरू
त्रिशूली प्रवाह
१ दिन अगाडी

विदुर । गत भदौ १० गते भोटेकोसी–त्रिशूली नदीमा आएको हिमबाढीबाट घरपरिवार गुमाएका विदुर नगरपालिकावासीलाई सुरक्षित बसोबासका लागि घरभाडा वितरण सुरु गरिएको छ । नगरपालिकाले गत हप्तादेखि विदुर–१० का बाढी प्रभावित लाभग्राहीलाई रु.१५ हजारका दरले वितरण थालेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

एक हजार सात सय ८६ परिवार लाभग्राही परिवार रहेको नगरपालिकाले विनाशकारी बाढीले वासस्थान तथा धनजनको क्षति भई स्थायी घर नभएका पीडितलाई सुरक्षित बसोबास तथा पारिवारिक भेट गराउने कार्यक्रमअनुसार गत भदौ २१ को निर्णयअनुसार प्रतिपरिवार रु. १० हजार घरभाडा उपलब्ध गराउने निर्णय गरे पनि यही मङ्सिर ४ गतेदेखि प्रतिपरिवार रु.१५ हजारका दरले नगद सहायता वितरण सुरु गरिएको नगर प्रमुख राजनलाल श्रेष्ठले जानकारी दिनुभयो । नगर उपप्रमुख प्रभा बोगटीका अनुसार अन्य वडाका प्रभावितका लाभग्राहीलाई पनि नगद सहायता यसै हप्ता वितरण गर्ने तयारी भइरहेको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह