नेपालीका कुरा माहाकालीको मुल शिर लिम्पियाधुरा

  • त्रिशूली प्रवाह
  • २४ पुष २०७६, बिहीबार १४:२१
Logo of trishuli prawaha

 – नारायण नेपाल

लिम्पियाधुरा हो लिम्पियाधुरा
माहाकालीको मुल शिर हो लिम्पियाधुरा
…………………………………
देशभक्त नेपालीको एउटै छ कुरा
माहाकालिको मुल शिर हो लिम्पियाधुरा

जनवादी गायक एवं गीतकार नारायण श्रेष्ठ रायनको यो गीत आज पनि उत्तिकै सान्र्दभिक भएको छ नेपाल र नेपालीको लागि । आजभोली नेपालको सामाजिक र राजनीतिक अभियानमा छिमेकी मित्रराष्ट्र भारतसँगको सिमा विवाद र बहसले राष्ट्रिय एकता र राष्ट्रप्रेमको भावनामा अभुतपूर्व उदेलना पैदा गरेको छ । यो बेला प्रतिपक्षिय दललाई विरोधको स्वर निकाल्न जति सहज र सडकमा नागरिक समाजको तहमा आन्दोलनको विडो जसरी थामिएको छ । त्यो भन्दा सकस चाही सरकारमा रहेका राष्ट्रवादी र क्रान्तिकारी भन्ने दल र तिनका नेतामा परेको देखिन्छ । नेपाली राजनीति र त्यसमा पनि विशेषत कम्युनिष्ट आन्दोलनमा राष्ट्रवाद र राष्ट्रघातको अचम्मको ब्याख्या विश्लेषण रहने गरेको छ । यो सबालमा एक अलग श्रृङ्खलामा बहस गर्नेछु । यो आलेख केवल सिमा विवाद आन्दोलन केन्द्रित रहने छ ।

आजको नेपाल भारत सिमा समस्या र नेपाली जनताको सिमा सास्तीका कथाको बिरासत अलि लामो इतिहास रहेको पाईन्छ । छिमेकका विशाल देशले विगठन एकिकरणको आरोह अवरोहसँगै साम्राज्यबादीको औपनिवेकितमा बाच्न परेको इतिहास छ । तर यो सानो देश कसरी बाच्यो होला ? नेपाली विर पुर्खाले कसरी लडाई हारेर पनि सम्झौतामा स्वाभिमान जितेर बचाएका होलान् यो देश ? के होला हाम्रो त्यस्तो ऐतिहासिक विरासतको अचुक सुत्र जसले सिमा विवादको समाधानको मार्ग पहिल्याओस् किन त्यो सत्य खोज्न र बोल्न तयार छैन यो राजनीतिक नेतृत्व र बौद्धिक समुदाय आजको अहम प्रश्न यही हो । आज नेपालीले देखिने र गनिने गरी ७१ स्थानमा सिमानमा सास्ती भोगिरहेका छन् । यतिबेला सुस्ता र कालापानी मात्रै होइन तिलाठिका बगरमा लडिरहेको अमरसिंहको पिडा ब्यथा खोजी गर्दै सही उपचार गर्न जरुरी छ । फलाम तातेको बेला सही रुप दिन सकिन्छ । आन्दोलनको रापचाप र बलले केही निर्णायक तहमा बल पुग्न सक्छ । त्यही भएर होला आन्दोलन तात्तला र मालिक रिसाउला भनेर लैनचौरका तबलधारी बालुवाटारमा बसेर आन्दोलन उराल्न सडक तताउन कार्यकता पठाउछन् तर सिमा बचाउन सेना पठाउन सक्दैन् । मोलीलाई टेलिफोन गरेर हर्कान सक्दैन नालायक । सिमा सास्ती कथाहरु आईरहँदा जनताको तहमा लडेको लडाई भन्दा राजनीतिका तहले गर्ने एक कुटनीतिक संघर्ष अझै अब्बल रहन सक्छ । तर नेपाली नेता किन भारतीय शासकको सामु शिर ठाडो पारेर हाम्रो स्वाभिमान उचो पर्न सक्दैनन्, मुख्य समस्या यही हो । बालुवाटारका आठ आने सुकुम्बासी भन्दा धेरै ईमान्दार कम्युनिष्ट नेता हुन् । सिमा बचाउ अभियानका संयोजक स्वनाम साथी उनी यतिबेला नागरिक समाजको एक समुह लिएर सिमा बचाउ अभियान सञ्चालन गरिरहेका छन् । त्यही अभियान परिचालकको लागि ल क्याम्पसमा भेटघाट चल्दै गर्दा मैले उहाँलाई सोधेको थिए । हिजो तपाईले सर्टिफिकेट च्यातेर हिंड्दै कस्ता कामरेडलाई नेता बनाउनु भएछ त सिंहदरबार पुगेपछि असली चरित्र देखाई हाले नि हैन ? हाँस्दै उनले भने त्यही भएर त हामीले यो अभियान चलाएर तिनलाई देखाई दिने हो अब युवाले गर्ने हो हामीले यही हो हल्ला–खल्ला गर्ने सरकारले राखेको बुच्चे नक्सा हटाएर चुच्चे नक्सा बाड्ने हो । ज–जसले यो अभियान सञ्चालन गरेका छन्, तिनीहरु सबैलाई धन्यावाद दिने हो ।

सिमा समस्याबारे छलफल गर्दा हामीले पहिला नेपाल भारत बिचमा कसरी भयो त सिमा निर्धारण भन्ने पाटोलाई भुल्न हुन्न । आजको नेपाल भारतको सिमान निर्धारण नेपाल ईस्ट इन्डीया कम्पनीको बिचमा भएको १८१६ को सुगौली सन्धीले निर्धारण गरेको हो । त्यही सन्धीलाई आधार मानेर अहिले विवादको चर्चामा रहेको लिम्पियाधुरा नेपालमा रहेको प्रस्ट तथ्य छ । सत्य त्यही हो मान्ने आधार पनि त्यही हो लामो छलफल जरुरी छैन । नेपालको सिमा सुरक्षा जनताको तहमा भएको लडाईले धानेको सत्य छ । कतिपयले नालापानीको बिरासतलाई देखाउँदै राष्ट्रवादी देखिन्छन् । मलाई भने किन होला दुनियाले बोकेको स्वाभिमान फिरगीको सन्तानले हामीलाई गरेको उपहास जस्तो लागि रहन्छ । जहाँ तसका बाजेहरू हारेर धोती कस्दै भागे त्यो हाम्रो विरताको विरात नहुने त जहाँ हाम्रा बाजेहरु हारे त्यो चाँही हाम्रो गौरव होला त ? तर लडाई हरेको नालापानीले हाम्रा स्वाभिमान उचो हुँदैन जति फिरङ्गीका सन्तानसँग हाम्रा पुर्खाले खोसेको चिसापानीगढीको तोप हेर्दा गर्वले छाती फुल्छ । अहिले सबैले भारतले सिमा मिचेको पोल खोल्दैछन् । अचम्म के छ भने हिजो के हेरर बसेका होला आजसम्मका शासक प्रशासक नेताहरु सिंहदरबारमा फोटो झुण्डाउने र झण्डा हल्ल्लाउ मात्रै हो ? असली नेपाली नक्सा चुच्चे हो कि बुच्चे कसले किन लुकायो त्यो प्रमाण देश र जनतालाई । आजसम्म गुमराहमा राखेर बोल्न जरुरी छैन सरकार ? निहुँ नै खोज्ने भए त हाम्रो विशाल नेपालको माग टिस्टादेखि कागडासम्म मागेको हो र सुगौली सन्धीले कायम गरेको भू–भाग मात्रै मागेको त होनी । ग्रेटर नेपाल मागको जिम्मा अहिले फणिन्द्र नेपाललाई नै टिकोटालो गरी दिउ तर सरकार र नेताहरु लिम्पीयाधुरा बारे चाही बोल्न जरुरी छ गए जाला कुर्सी भए भईएला महरा बोलौ सरकार ।

नेपाल भारत सिमा समस्या समाधानको विधी बारेमा ब्यापक बहस चलेको छ । कतिपयले सिमानमा काडेतारबार लगाउन पर्छ भन्ने गरेका छन्, कतिपय सिमा विवादलाई अन्र्तराष्ट्रियकरण गर्न पर्छ भन्दैछन्, भारतसँग सुरुङ युद्ध लड्नुपर्छ भन्दै कार्यकर्ता हौसाउने र गाउँ–गाउँमा खाल्डो खनाउने प्रचण्डले केही समयअघि सिमानमा जनमत सङ्ग्रह, गर्नुपर्छ भन्दै थिए यतिबेला भने प्रचण्ड सिमा समस्या अन्तराष्ट्रियकरण गर्ने हुन्न भन्दैछन् । सिमा समस्याको समाधान गर्ने विधी भनेको वार्ता कुटनीति, वा युद्ध नै हो हाम्रो मामिलामा हामी केसम्म गर्ने सार्मथ्य राख्छौ त्यो हामीमा निर्भर रहन्छ । । तर नेपालको सबालमा हेर्ने हो भने सिमा मामिलामा समेत राजादेखी नेतासम्मले राजनीतिक सौदाबाजी गरेका छन् । चीन भारत युद्धमा भागेको भारतलाई कालापानीका आश्रय किन दिए होला त राजा महेन्द्रले नत उनको पञ्चायत टिक्न सक्यो, न राज संस्था नै रही रह्यो तर भारतीय सेना भने आजसम्म कालापानीमा बसेकै छ । आखिर उपयोगको नीतिमा भारतले नेपालको एक–एक पाईलामा नापेर स्वार्थको डम्फु बजाएको छ । हामी त्यही तालामा नाच्दा कहिलो राष्ट्रवादी बन्छौं । कहिले राष्ट्रघाती महाकाली सन्धी र आजको अपरक कर्णाली उदारहण मात्रै हो । अबको नेताहरुको कथित समाजवादी सम्वृद्धी फुलाउने सौदाबाजीको शिकार लिम्पीयाधुरा नहोस सबैले राष्ट्रिय संकल्प एकता र अठोट निर्माण गनै जरुरी छ नेता र राजनीतिक दल सरकारमा रहँदा सडकमा रहँदा फरक चरित्र देखिनु हुन्न । एकपटक चीन भ्रमणका बेला भेटेका बेला मैले युनान प्रान्तका सूचना विभाग प्रमुख तियान हुजीङलाई सोधेको थिए । यो दक्षिण चीन सागरको मामिलामा चिन भियतनाम समाजवादी भन्ने देशहरु नै किन भिडेको भन्दा उनले भनेका थिए, हाम्रो विचार हौइन सिमान र क्षेत्रफलको विवाद हो त्यो ऐतिहासीक तथ्यबाट प्रमाणित छ हामी किन पछि हट्ने । तर नेपाली नेताको विषेशता भनेको मुख्य मन्त्री बनाई दिन्छौं भने देश मिसाउन बेर मान्दैनन् अनी नेता, प्रशासक विज्ञ पछि आन्दालेन र धारणा छ भने कसरी बन्ला राष्ट्रिय संकल्प र एकता ।

आज सिमा बचाउन अभियान नागरिक तहमा उठेको छ । त्यो राष्ट्रिय प्रतिरोध आन्दोलनको स्वरुपसम्म विकास गर्न जरुरी छ । राष्ट्रिय आवश्यकता पनि त्यो हो तर । त्यसो हो भने एकपटक नेपालमा अप्रिय अस्वस्था आउन सकिन्छ । के हामी फेरी भारतीय नाकाबन्दीको समाना गर्न तयार छौं त । क्युवाको जैविक क्रान्ति जस्तो हाम्रो कृषि क्रान्ति र जल जमीन उपयोग गर्ने सर्मथ्य राख्छौं त ? हाम्रो स्वाभिमानको झण्डा उठाउनको लागि अन्यथा माईतिघर र रत्नपार्कमा मौसमी आन्दोलनमा उफ्रेर देशको सिमा बचाउन सकिन्न । आज हरेक समुह आफ्नो स्वार्थ लिम्पीया ओझल पारेर कालापानीको कुरा उराल्न खोज्दैछन् । कालापानीको सबालमा हेर्दा सन् १९६२ को चीन भारतको लडाईको बेला बहादुका साथ पछि हटेको भारतीय सेनालाई अस्थाई शिविरको रुपमा दिएको हो । सार्वजनिक जग्गामा टहरो हाल्ने धनीलाई कथित सुकुम्बासीको रुपमा लालपुर्जा दिए जस्तै स्थाई शिविर बनाएर बसेको छ । तर लिम्पीया भनेको १८१६ को सुगौली सन्धीले निर्धारण गरेको हो । त्यसैले कालापानी होईन लिम्पीया नै हाम्रो हो ।

कतिपय बेला चीन भारतको रणनीतिक साझेदारीमा हामी च्यापिएका छौं । लिपुलेक बारेको सम्झौता त्यसको पछिल्लो उदारहण हो । भारत विरुद्ध तिनहात बित्ता उफ्रने चिनबारे एक बित्ता पनि उफ्रिन सक्दैन् । जन दबावबाट त्यो आन्दोलन चल्दै गएपछि चिनियाँले आफ्नो कमजोरी ठानेका थिए । तर चीन भारतको विरोधमा मात्रै होइन नेपालीले नेपालको हितको बारेमा मात्रै बोल्ने आट गरे देश प्रगतिपथमा लम्कीने पक्का छ । हामो समाजमा छिमेकीसँग झै–झगडा परे आफू कि छिमेकी बसाई सर्ने या त आउँजाउँ बन्द गर्ने प्रचलन छ । तर यहाँ देश न छोड्न मिल्यो न गाभ्न लड्नुको विकल्प छैन । जसरी दोक्लाम हारेर भागेको भारतीय सेनालाई हामीे यो पटक कालपानीबाट धपाउने एक मात्रै अस्त्र भनेको लिम्पीयाधुरा माथिको हाम्रो अधिकार स्थापना गर्ने हो । त्यसैले आन्दोलनमा एक्येबद्धता सहित सिर्जनाका शब्दहरु
नालापानी जस्तै भयो कालापानी कुरा
स्वाधिनताको युद्ध हाम्रो भा को छैन पुरा ।।

तराई दुख्छ पहाड घाउ लिम्पीया धुरा
कैची मार्दै घरै भित्र भारतको छुरा ।।