+
Search

ताजा अपडेट +

पपुलर +

बिजनेस ब्लुप्रिन्ट नेपालको मुख्य प्रायोजक शिवम् सिमेन्ट

बिजनेस ब्लुप्रिन्ट नेपालको मुख्य प्रायोजक शिवम् सिमेन्ट
त्रिशूली प्रवाह
१ दिन अगाडी

काठमाडौँ । शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक बन्ने भएको छ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यावसायिक प्रशिक्षक तथा गिनिज वल्र्ड रेकर्ड होल्डर डा.उज्ज्वल पाटनीको उपस्थितिमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रम भदौ १२ मा होटेल मेरियट, नक्साल, काठमाडौंमा बिहान साढे १० बजेदेखि अपराह्न पाँच बजेसम्म सञ्चालन हुनेछ ।

शिवम् सिमेन्ट नवीन, अद्वितीय र इनोभेटिभ कार्यक्रमका माध्यमबाट ग्राहकबिच छुट्टै पहिचान बनाउन सफल भएको ब्रान्ड हो । कम्पनीले ‘शिवम् सन्देश’, ‘नो कम्प्रमाइज’ जस्ता सन्देशमूलक अभियानमार्फत समाजमा सकारात्मक प्रभाव पुर्याउँदैआएको छ । बिजनेस सेमिनारमा पाटनीजस्ता मोटिभेसनल स्पिकरसँगको सहकार्यमार्फत सहभागीलाई व्यावसायिक उत्प्रेरणा र ज्ञान प्रदान गर्ने उद्देश्य रहेको शिवम् सिमेन्टका प्रतिनिधिले बताएका छन् । शिवम् सिमेन्ट, आफ्नो नवीन, अद्वितीय र इनोभेटिभ कार्यक्रमका माध्यमबाट ग्राहकबिच छुट्टै पहिचान बनाउन सफल भएको ब्रान्ड हो । विज्ञापन मात्र नभई, शिवम् सन्देश, नो कम्प्रमाइज जस्ता सन्देशमूलक अभियानमार्फत समाजमा सकारात्मक प्रभाव पु¥याउँदै शिवम् सिमेन्टले आफ्नो ग्राहकमाझ छुट्टै पहिचान बनाउन सफल भएको छ । साथै, शिवम् सिमेन्टले विभिन्न महत्त्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउँदै आफ्नो ब्रान्ड भ्यालुलाई थप सुदृढ बनाउँदै आएको छ । यसै क्रममा, मेगा बिजनेस सेमिनारमा सहकार्य गर्दै डा. उज्ज्वल पाटनीजस्तो विश्वस्तरका मोटिभेसनल स्पिकरसँगको सहकार्यमार्फत सहभागीलाई व्यावसायिक उत्प्रेरणा र ज्ञान प्रदान गर्ने उद्देश्य रहेको शिवम् सिमेन्टका प्रतिनिधिले बताएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह