+
Search

ताजा अपडेट +

पपुलर +

किराँत देवास राई समाजमा भोलाचन्द्र

किराँत देवास राई समाजमा भोलाचन्द्र
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । किराँत देवास राईको पाँचौँ नुवाकोट जिल्ला अधिवेशनले भोलाचन्द्र राईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

केन्द्रीय उपाध्यक्ष रामभक्त राईको प्रमुख आतिथ्यमा शनिबार यहाँ सम्पन्न अधिवेशनमा केन्द्रीय महासचिव रामकुमार राई, जनजाति महासङ्घ नुवाकोटका अध्यक्ष भगवान रानामगर, केन्द्रीय कोषाध्यक्ष गंगाबहादुर राई, क्षेत्रपाल मावि व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र राई, नेवाः देय् दबु जिल्ला अध्यक्ष रामप्रसाद जोशीलगायतको उपस्थिति रहेको थियो । अधिवेशनबाट विधानअनुसार तीन उपाध्यक्षमा हरिशंकर राई, शैलेन्द्रकुमार राई र ऋषि राई, कोषाध्यक्षमा विष्णुबहादुर राई, सचिवमा पूर्णबहादुर राई, सहसचिवमा भोला राई र सदस्यमा मनीष राई, नारायण राई, सञ्जीव राई, दिलबहादुर राई, उत्तम राई, रेशम राई, नारानबहादुर राई, भुवन राई, धीरज राई, लक्ष्मी राई, निकिसा राई र सफला राई चयन हुनुभएको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह