+
Search

ताजा अपडेट +

पपुलर +

मेरो माइक्रो फाइनान्सको खुद मुनाफा वृद्धि

मेरो माइक्रो फाइनान्सको खुद मुनाफा वृद्धि
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा बढेको छ । संस्थाले गत आर्थिक वर्षमा रु. २१ करोड ६० लाख ९० हजार दुई सय १४ खुद मुनाफा कमाएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा रु.१४ करोड ५७ लाख १७ हजार ६ सय ३८ रहेको थियो । हाल चुक्ता पुँजी रु.एक अर्ब ४१ करोड ९० लाख रहेको संस्थाले गत आवको असार मसान्तसम्ममा रु. तीन अर्ब ९८ करोड आठ लाख ९८ हजार आठ सय निक्षेप सङ्कलन गरी रु.१५ अर्ब एक करोड ७८ लाख ८४ हजार पाँच सय एक कर्जा प्रवाह गरेको छ । सो अवधिमा रु.एक अर्ब पाँच करोड तीन लाख १९ हजार तीन सय ७३ खुद ब्याज आम्दानी गरेको संस्थामा ९.९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाले रु. तीन अर्ब ४० करोड ७९ लाख ८४ हजार ७२ निक्षेप सङ्कलन गरी रु.१३ अर्ब ७५ करोड ६७ लाख ४२ हजार नौ सय १४ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा रु.८८ करोड १५ लाख ८४ हजार ८० खुद ब्याज आम्दानी गरेको संस्थामा ८.२३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । संस्थाको एक सय ४९ शाखा, १९ अनुगमन कार्यालय सञ्चालनमा रहेका छन् ।

Suzuki New Bike & Scooter

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह