बट्टार । ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र बट्टार शाखाको मुख्य आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । भदौ ६ गते बट्टार, भदौ ७ गते देवीघाट र भदौ ८ गते ढुङ्गेमा बृहत् रक्तदान शिविर आयोजना गरिने जानकारी उपसेवा केन्द्रको प्रमुख लिलाले दिनुभयो ।
रक्तदान तयारीका लागि गत हप्ता विभिन्न सहयोगी सङ्घ–संस्थासँगको छलफल गरिएको थियो । ब्रह्मा कुमारिज विश्व विद्यालय मधुवनको विश्वव्यापी रक्तदान कार्यक्रमअन्तर्गत रगतको आपूर्ति गर्न र रक्तदानसम्बन्धी जनचेतना युवा पुस्तामा जगाउन शिविर आयोजना गर्न लागिएको बताइएको छ । नेपाल रेड्क्रसका सभापति हरि श्रेष्ठले रगतको महत्त्व, नुवकोट र रसुवाको नागरिकलाई नुवाकोट रक्त सञ्चार केन्द्रबाट निःशुल्क रगत उप्लब्ध भइरहेको र रगत दान गरेर मानिसको स्वास्थ्यमा असर होइन, फाइदा हुने हँुदा रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया