साथी सहकारीको अध्यक्षमा राजनमान

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १३:०१

बट्टार, विदुर नगरपालिका वडा नम्बर–४ बट्टारमा रहेको साथी उपभोत्ता सहकारी संस्था लिमिटेडको १०औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ ।

वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । सहकारीको साधारणसभाले अध्यक्षमा राजनमान श्रेष्ठ, उपाध्यक्षमा शैलेन्द्र बज्रचार्य, सचिवमा जितेन्द्र राजभण्डारी र कोषाध्यक्षमा गोकुल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सञ्चालक समितिको सदस्यमा सुरजमान श्रेष्ठ, नारायणलाल श्रेष्ठ, रेशमराज अमात्य, सविनदास अमात्य र महिला सदस्यमा इन्द्रावती श्रेष्ठ कायस्थ चयन भएको निर्वतमान अध्यक्ष दिनेश कायस्थले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो । साधारणसभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा रोमनाथ आचार्य, सदस्यमा प्रकाश पाठक र राजु सुनार चयन गरेको छ भने सल्लाहकारमा भिमराज बज्रचार्य, सुमनमान श्रेष्ठ र शिवलाल श्रेष्ठ रहेका छन् ।

नुवाकोट उद्योग वाणिज्य संघकी कार्यबाहक अध्यक्ष गिता अमात्यले उद्घाटन गर्नुभएको साधारणसभामा सञ्चालक समितिका तर्फबाट दिनेश कायस्थले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले विभिन्न बचतमार्फत आर्थिक वर्ष २०७५÷०७६ को असार मसान्तसम्ममा १० करोड ९९ लाख ३९ हजार ३ सय ५५ रुपैयाँ संकलन गरेको जानकारी दिनुभयो । साधारणसभामा बजेट, कार्यक्रम तथा प्रगती विवरण पेश गर्दै सहकारीका कोषाध्यक्ष गोकुलबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७५÷०७६ मा सहकारीले ७ लाख ६८ हजार ४ सय १६ रुपैयाँ नाफा गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले बताएअनुसार सहकारीले आर्थिक वर्ष २०७५÷०७६ मा ४ करोड ८१ लाख ७८ हजार ८ सय ८७ रुपैयाँ लगानी गरी ३ करोड ४६ लाख २८ हजार ३ सय ५६ रुपैयाँ असुल गरी ४ करोड १० लाख ५२ हजार ९ सय ५६ रुपैयाँ ऋण प्रवाह गरेको थियो ।