अकियास फुटसल प्रतियोगिता शुरू

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १३:१०

धुन्चे, रसुवा जिल्लामा पहिलो पटक अकियास फुटसल प्रतियोगिता सोमबारबाट शुरू भईरहेको छ ।

जिल्लामा प्रायःजसो भलिबल, फुटबल, करातेलगायतका खेल हुन्थ्यो । तर जिल्लामा सुरुवात नयाँ खेलमा स्वरुप फुटसलको पनि प्रतियोगिता भईरहेको छ । फुटसल खेलमार्फत पनि अगाडि बढाउने उद्देश्यले पुस २८ देखि माघ २ गतेसम्म प्रथम अकियास फुटसल तथा एकल नृत्य प्रतियोगिता भईरहेको अकियास फुटसल रसुवाका अध्यक्ष निवेश श्रेष्ठले बताउनु भयो ।

शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्जवलित समाज (अकियास)ले आयोजना गरेको उक्त प्रतियोगितामा जिल्लाका १७ टिमले भाग लिएका छन् । प्रतियोगिताले पर्यटन प्रर्वद्धनमा टेवा पु¥याई जिल्लालाई समेत पहिचान पु¥याउन मद्दत पुग्छ । सम्भवत यो खेल जिल्लामा पहिलो पटक हुन गएकोले आयोजक टिमलाई रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले धन्यबाद दिंदै उद्घाटन गर्नुभएको थियो ।