+
Search

ताजा अपडेट +

पपुलर +

पाँँच पत्रकार सम्मानित

त्रिशूली प्रवाह
६ साल अगाडी

विदुर, नुवाकोट जिल्लामा क्रियाशिल तथा पत्रकारितामा लामो समय योगदान पु¥याएका पाँच जना पत्रकारलाई गत हप्ता नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले सम्मानित तथा पुरस्कृत गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सम्मानित हुनेमा राष्ट्रिय समाचार समितिका संवाददाता तथा त्रिशूली खवर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठसहित पाँच जना पत्रकार रहेका छन् । श्रेष्ठलाई ११ हजार १ सय ११ राशी रहेको मोहनबिक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो । स्व.जोशीले राससमा नुवाकोटबाट लामो समय काम गर्नुभएको थियो ।

यस्तै, गोरखापत्रका जिल्ला संवाददाता रामहरि गजुरेललाई रामकृष्ण प्रधान स्मृति पुरस्कार र सगरमाथा टिभीकी वसुधा केसीलाई महिला पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । दुबै पुरस्कारको राशी ११ हजार १ सय ११ रहेको छ । जिल्लामा मिडिया उद्योग स्थापना गर्ने नयाँ रुपरेखा साप्ताहिकका प्रकाशक सम्पादक माधवप्रसाद खनाललाई मिडिया उद्यमी सम्मान र लामो समय काम गर्नु भएको सुन्दरादेवी साप्ताहिकका प्रकाशक किरण अधिकारीलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । यी सबै पुरस्कार तथा सम्मान नेपाल पत्रकार महासंघले गत वर्षदेखि प्रदान गर्न थालेको हो । पुरस्कृत ब्यक्तित्वहरुको लागि प्रदान गरिएको नगद रकम डबली खबर डटकमका ध्रुवकुमार रावल, त्रिशूली प्रवाह साप्ताहिकका प्रकाशक सम्पादक शरण उत्सुक सापकोटा र नुवाकोट जेसिसका अध्यक्ष दुर्गाराज पाठकले सहयोग प्रदान गर्नुभएको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कपिलदेव खनालले बताउनु भयो । पुरस्कार तथा सम्मान नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रदान गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष आचार्यले पत्रकारको सदस्यतामा शुद्धिकरणमा ध्यान दिइएको र गुणस्तरीय पत्रकार उत्पादन गर्नको लागि गुणस्तरीय तालिमलाई महासंघले प्राथमिकता दिएको बताउनु भयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनमा महासचिव अजयबाबु शिवाकोटी, विदुर नगरपालिकाका मेयर सन्जु पण्डित, नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव कृष्ण सारुमगर, नागरिक समाजका अध्यक्ष बाबुराम लामिछाने, बार एसोसिएसनका अध्यक्ष देवराज कडेल, जिल्ला न्यायधिवक्ता गोपालप्रसाद ढकाल, नुवाकोट उद्योग वाणिज्य संघका दिद्धिय उपाध्यक्ष तथा पर्यटन तथा होटेल ब्यवसायी संघका ३ नं. प्रदेश अध्यक्ष सन्तोष उप्रेती, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य देवचन्द्र भट्ट, प्रेस संगठन नेपालमा केन्द्रीय सदस्य विष्णु तारुके, नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारी, पत्रकार शिव देवकोटा, नुवाकोट उद्योग वाणिज्य संघका प्रवक्ता सविन राजभण्डारी र पुरस्कृति तथा सम्मानित ब्यक्तित्वलगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह