लायन्स क्लवको सूयमती मा.वि.लाई सामाग्री सहयोग

  • त्रिशूली प्रवाह
  • ९ माघ २०७६, बिहीबार १६:४६
Logo of trishuli prawaha

सुर्यमती, बेलकोटगढी नगरपालिका वडा नं.–१३ ढाडेफेंदीमा रहेको सुर्यमती माविलाई लायन्स क्लव अफ काठमाडौं मिलनले तीन लाख रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ । विद्यालयकोको ६३औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा क्लबले १८ जोर डेक्सबेञ्च, दुई सेट कम्प्युटर, एक थान प्रिन्टर र खेलकुदका सामाग्री हस्तान्तरण गरेको हो ।

लायन्स क्लफ अफ काठमाडौं मिलनको जिल्ला गर्भनर इन्दु लम्सालले ग्रामिण भेगका सामुदायिक विद्यालयमा पठन–पाठनकोस्तर बृद्धि हुँदै गएको बताए । आफुहरुको सामान्य सहयोग पनि महत्वपूर्ण हुने देखेर विद्यालयलाई सामाग्री सहयोग अभियान सञ्चालन गरेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि लम्सालले सुर्यमती माविमा अध्ययरत सम्पूर्ण विद्यार्थीलाई एक–एक जोर जुत्ता समेत उपलब्ध गराउने घोषणा गरेका छन् ।

सुर्यमती माविका निर्वतमान अध्यक्ष एवं जिल्ला समन्वय समिति नुवाकोटका सदस्य सम्झना सेढाईले साुमदायिक विद्यालयमा स्थानीय सरकारले गरेको हस्तक्षेपप्रति असन्तुष्टि ब्यक्त गरेको छ । विद्यालय र शिक्षा क्षेत्र कब्जा नै गर्ने रणनीतिका साथ बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल लागेको उनको आरोप छ ।

बेलकोटगढी नगरपालिकाका प्रबक्ता एवं वडा नं.–१३ का अध्यक्ष पशुपती लोहनीले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि स्थानीय सरकारले विशेष अभियान सञ्चालन गरिरहेको र शैक्षिक गुणस्तरमा सम्झौता नहुँने बताएका छन् । प्रबक्ता लोहनीले छोटो समयमा शिक्षा क्षेत्रमा पनि गर्नुपर्ने काम धेरै भएकोले सुधारको नतिजा फटाफट नदेखिएको र अब शैक्षिक सुधारको परिणाम नागरिकले महशुस गर्न पाउने बताए ।

पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले निजी र सामुदायिक विद्यालयको तुलना गर्दै भौतिक संरचनामा सामुदायिक विद्यालयले प्राप्त गरेको उपलब्धिलाई अब नतिजामा जोड्नुपर्ने बताए । अभिभावक, विद्यार्थी तथा शिक्षकको सामान्य मेहेनतले मात्रै पनि अब जिल्लाको सबै सामुदायिक विद्यालयले अत्कृष्ट नतिजा ल्याउने सक्ने उनले बताए ।

सुर्यमती मा.वि.को ६३औं वार्षिकोत्सव समारोहमा लाइन्स क्लव अफ काठमाडौं मिलनले सहभागिता जनाएर सामाग्री हस्तान्तरण गर्ने कार्यको सहजिकरण नवराज घिमिरेले गरेका थिए । उक्त विद्यालयलाई क्लवको तर्फबाट भौतिक सामाग्रीको सहयोग निरन्तर रहने अध्यक्ष शिवराम फुँयालले प्रतिवद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अमृतमान गुरुवाचार्यले बितेको शैक्षिक वर्षको प्रगती तथा आर्थिक वर्षको कारोबार सार्वजनिक गरेका छन् ।