भूकम्प सुरक्षा दिवस चेतनामुलक ¥याली

  • त्रिशूली प्रवाह
  • १२ माघ २०७६, आईतवार १२:१५

बट्टार, नुवाकोटमा भूकम्पबाट सुरक्षित हुने जनचेतनामुलक सडक नाटक र भूकम्पबाट सुरक्षित हुने शिक्षामुलक प्ले कार्ड सहितको ¥याली गरेर २२औं भूकम्प सुरक्षा दिवस मनाईयो । माघ २ गते विदुरको लोकतान्त्रिक चौताराबाट शुरू भएको ¥याली नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको गेटमा पुगेर सभामा परिणत भएको थियो ।

‘भूकम्पबाट सुरक्षित पूर्वाधार दिगो सुख र समृद्धिको आधार’ भन्ने मुल नाराको साथ गत बिहिवार २२औं भूकम्प सुरक्षा दिवसको अवसरमा नेपाल रेडक्रस नुवाकोटले सडक नाटक समेत प्रर्दशन गरिएको थियो । जिल्ला विपद ब्यवस्थापन समिति नुवाकोटको समन्वयमा भएको ¥याली २२औं भूकम्प सुरक्षा दिवस जिल्ला समारोह समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पुनःनिर्माण) विदुर नगरपालिकाको सहयोगमा भएको थियो । उक्त ¥यालीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, जिल्लास्थित कार्यालयको प्रमुख प्रतिनिधी, जिल्लामा क्रियाशिल विपद खोज तथा उद्वार र पुनःनिर्माणमा काम गरिरहेका संघ–संस्थाका प्रमुख प्रतिनिधी र स्थानीयको सहभागिता रहेको थियो । भूकम्प दिवसको अवसरमा जिल्ला विपद ब्यवस्थापन समिति नुवाकोटका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले विपद खोज तथा उद्वारमा प्रयोग हुने सामाग्री स्टक राख्नुपर्ने बताउनु भएको थियो ।