सुइरेचउरमा प्याराग्लाइडिङले पायो अनुमति

  • त्रिशूली प्रवाह
  • १३ माघ २०७६, सोमबार ११:५४
Logo of trishuli prawaha

सुनखानी, पर्यटन प्रर्वद्धनको लागि साहसिक खेल माध्यम प्याराग्लाइडिङ उडान गर्न नुवाकोटको पनि अनुमति पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ७ स्थित सूइरेचौरमा प्याराग्लाइडिङको उडान गराउन अनुमति दिइएको छ । सुइरेचउरमा प्याराग्लाइडिङ चलाउन ‘नेपाल प्याराग्लाइडिङ प्रालि’लाई अनुमति दिइएको हो । सुइरेचउर क्षेत्रमा अधिकतम् ६ हजार ५ सय फिटको उचाईसम्म उडान गर्न सक्ने गरी नेपाल प्याराग्लाइडिङ प्रालि’लाई अनुमति दिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नुवाकोटको पर्यटकीय स्थलको लागि धेरैको पहिलो रोजाईमा पर्ने र काठमाडौंबाट नजिकको दुरीमा समेत रहेकाले सुइरेचउर सहित शिवपुरी क्षेत्रको लागि पर्यटकीय प्रर्वद्धनमा प्याराग्लाइडिङको अनुमति पाएसँगै उत्साह थपिदिएको छ । गएको वर्षदेखि परीक्षण उडान गरेर प्याराग्लाइडिङ चलाउन अनुमतिको पर्खाइमा रहेकाले अब नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएसँगै नियमति रुपमा व्यवसायिक उडानलाई सुचारु गर्ने कम्पनीका प्रबन्ध निर्देशक उमेश बज्रगाईले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार सुइरेचउरमा गरिने प्याराग्लाइडिङको उडानसँगै नुवाकोटको पर्यटन प्रबद्धनमा नयाँ आयाम थपिएको छ । नुवाकोटमा प्याराग्लाइडिङसगैँ पर्यटन प्रर्वद्धनको लागि नुवाकोटको बेलकोटगढी नगरपालिकाको मदानपुरमा यसअघि नै सञ्चालनमा आईसकेको क्यानोनिङ, नुवाकोटको साततले दरबार क्षेत्रमा सञ्चालनको अन्तिम तयारीमा रहेको जिपलाईनलगायतले नुवाकोटमा पर्यटन अवागमन, प्रर्वद्धन तथा आकर्षणको लागि निकै उत्साह थपिएको छ ।