+
Search

ताजा अपडेट +

पपुलर +

भैरवीमा सुनको छाना हाल्न बाँकी

त्रिशूली प्रवाह
६ साल अगाडी

नुवाकोट, विदुर नगरपालिका वडा नं.–२ को पूरानो सदरमुकाम डाँडामा रहेको नुवाकोट दरवार क्षेत्रको लिच्छवीकालिन भैरवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

२०७२ को भूकम्पले मन्दिरको पूर्वी मोडमा पुरै क्षति पुगेको थियो । जिल्लाको ठूलो शक्तिपीठको रूपमा रहेको मन्दिरको पुनःनिर्माण २०७३ सालबाट पुरातत्व विभागले थालेको हो । मन्दिरको टुडाल, काष्ठकलाका मूर्ति, तल्लो छाना र माथिल्लो छाना छाउन काठ राखी सकिएको छ । माथिल्लो छानाको लागि सुन लेपन गरिएको मोलम्बा छाना बाँकी रहेको निर्माण ब्यवसायी धुव्र श्रेष्ठले जानकारी दिनुभयो ।

४ करोड ६३ लाख रूपैयाँ लागतमा मन्दिर पुनःनिर्माण भईरहेको छ । पुरानो डिजाइनमा जस्ताको त्यस्तै पुनःनिर्माण सकिने पुरातत्व विभागले जानकारी दिएको छ । सदरमुकाम विदुरबाट ६ किलोमिटर उत्तरपूर्वी पुरानो सदरमुकामस्थित नुवाकोट डाँडामा रहेको मन्दिर १४औं शताब्दीमा जगज्योती मल्ले पुनःनिर्माण गराएको इतिहासमा उल्लेख छ । नुवाकोट विजय गर्नुपूर्व गोरखाका राजा पृथ्वीनारायण शाहलाई नुवाकोटकी भैरवी देवीले सपनामा पुजा गरेर नुवाकोट राज्य विजयी हुने बताएपछि गोप्य रूपमा भैरवीको पुजा गर्न लगाएर कान्तिपुर अधिनस्थ नुवाकोट जितेको जनविश्वास रहँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह