तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १६ माघ २०७६, बिहीबार १४:३२
Buddha Eyes

सरकारले कर्मचारीलाई पोशाक लगाउनुपर्ने बाध्यकारी ब्यवस्था अनिवार्य गरेको पनि वर्षौं भयो । सरकारले पोशाक नै लगाउन देशभरी कर्मचारीको नाममा करोडौं स्वाहा ! शुरूमा सबैले उत्साहको साथ पोशाक खरीद गरेर प्रतिस्पर्धा नै गरे । कतिले त चट्ट इस्तिरी मिलाएर शिरमा टोपी समेत ढल्काएर राष्ट्रि भक्तिको नमुना नै प्रर्दशन गरे ! त्यसपछि बिस्तारै पोशाक थन्काउदै अनुशासन र छाडा बन्न प्रेरित हुन थाले । कामचोर गर्न पल्केका कर्मचारीलाई सरकारको निर्देशनले छोएन । पोशाक खरीद गर्न पत्तो बुझ्ने तर पोशाक नलगाउँदा कार्जेलयमा सेवाग्राही र कर्मचारी ठम्याउन तेस्रो अाँखालाई हम्मे–हम्मे परेको छ । विद्यालयमा पढाउन जाने शिक्षक त गोठाले पारामा पढाईरहेका भेटिन्छन् । जिल्लाका मालपोत र नापी कार्जेलयमा लेखनदास र कर्मचारी छुटाउन नसंक्दा सेवाग्राही हैरानीमा ! सट, पाइन्ट, कोट, सारी लगाउँदा काम गर्न अप्ठेरो भएर होला कि ? जाडो बढ्दा मालपोत र नापीतिरका कर्मचारी महोदय आउट ड्रेसमै ! एकजना सेवाग्राहीले सोमबार मालपोतको सर भनेर लेखनदासलाई सलाम ठोकेछन् । लेखनदासले पत्रो बढी मागेको गुनासो समेत गर्न भ्याएछन् । दुई तिहाई सरकारको डेढ तिहाई कर्मचारी नेकपा समर्थक भएपछि भ्रष्टाचार निमूल अभियान छरपष्ट । अख्तियारको सक्रियता भन्दा भ्रष्टाचारको जालो फैलिंदा स्थानीय सरकार नै दिसाविहिन !