आजदेखि नुवाकोट महोत्सव शुरू

  • त्रिशूली प्रवाह
  • १६ माघ २०७६, बिहीबार १४:४०

विदुर, “छैठौँँ नुवाकोट महोत्सव” को तयारी पूरा भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा माघ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने महोत्सवको लागि आयोजनास्थल बट्टार बसपार्क नजिकै बालुवाटारमा आवश्यक ब्यवस्थापन अन्तिम चरणमा पुगेको संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

महोत्सव सञ्चालनको लागि आवश्यक तयारीको रुपमा स्टल निर्माण, प्रचार–प्रसार, तुल तथा ब्यानर, स्वागतद्वार, खेलौना तथा मनोरञ्जनात्मकलगायतका सबै ब्यवस्थापन पूरा भएको अध्यक्ष कार्कीले बताउनु भएको छ ।
महोत्सवमार्फत नुवाकोटमा रहेका कृषि उब्जनीको प्रचार, साँस्कृतिक धरोहरको रुपमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाको संरक्षण, नेपाल भ्रमण वर्ष २०२०लाई सहयोग पु¥याउनको लागि पर्यटन प्रर्वद्धन, हस्तकलाबाट उत्पादित सामाग्रीको बजारीकरण, वातावरण संरक्षण सम्बन्धि जनचेतनामूलक प्रचारमा जोड तथा सचेतना जगाउने लक्ष्य राखिएको संघका महासचिव कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

“धार्मिक ऐतिहासिक कला सँस्कृतिको सम्बद्धन ः दिगो आर्थिक विकासको लागि ब्यवसायिक प्रर्वद्धन” भन्ने मूल नाराको साथ शुरु गर्न लागिएको महोत्सवले नुवाकोटमा रहेको १२ वटै स्थानीयतहको पहिचानलाई बृद्धि गर्दै जिल्लालाई आर्थिक रुपमा समृद्ध बनाउन केन्द्रित रहेको संघका सचिव उपेन्द्र बुढाथोकीले बताउनु भयो ।

महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य संघ महासंघकी अध्यक्ष भवानी राणाले भव्य समारोहका बीच आज दिउँसो उद्घाटन गर्ने जानकारी संघकी वरिष्ठ उपाध्यक्ष गीता अमात्यले जानकारी दिनुभएको छ । महोत्सवको प्रवेश पास संघमा आबद्ध सम्पूर्ण ब्यवसायीले एक–एक थान उपलब्ध गराइएको संघका कार्यसमिति सदस्य एंव पास ब्यवस्थापन उपसमितिका संयोजक मेघनाथ घिमिरेले बताउनुभएको छ । लक्षित वर्ग अन्र्तगतका जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति, एकल महिलालगायतको लागि निःशुल्क र अन्यको लागि टिकट अनिवार्य गरिएको छ ।

बिशुद्ध आर्थिक प्रर्वद्धनको लागि महोत्सव सञ्चालन गर्न लागिएकाले नाफा÷नोक्सान भन्दा पनि नुवाकोटमा उत्पादन भएका कृषि सामाग्रीको बजारीकरण, धार्मिक एंव साँस्कृतिक सम्पदाको प्रर्वद्धन, पर्यटकीय स्थानको प्रचारमा जोड दिन केन्द्रित रहने लक्ष्य राखिएको संघका प्रबक्ता सबिन राजभण्डारीले बताउनु भएको छ ।