+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु

त्रिशूली प्रवाह
६ साल अगाडी

चौघडा, लिखु गाउँपालिकाले आयोजनामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता मंगलबारबाट क्षेत्रपाल मा.वि. चौघडामा शुरु भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ क्षेत्रपाल मा.वि. चौघडामा प्रतियोगिता सञ्चालन भएको हो ।प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सह–महामन्त्री प्रकासशरण महतले थोरै लगानीमा धेरै प्रतिफल आउने क्षेत्र खेलकुद रहेको बताउनु भयो । उहाँले फरक प्रसङ्गमा कांग्रेसबाट जितेका जनप्रतिनिधीले अरुबाट निर्वाचित जनप्रतिनिधीले भन्दा बढि काम गरेर देखाउनुपर्ने र हालसम्म देखाएको दावी गर्नुभयो ।

सो कार्यक्रममा प्रतिनिधीसभा सदस्य बहादुरसिंह लामाले खेलकुद प्रतियोगिताबाट उत्पादन भएको खेलाडीले पछि देशको नाम राख्ने बताउनु भयो । विद्यालयस्तरबाट नै खेलाडीलाई बाच्न र खेल्न सक्ने आधार बनाउनुपर्ने बताउनु भयो । दुई दिन सञ्चालन हुने प्रतियोगितामा लिखु गाउँपालिकाभित्रका ७ वटा विद्यालयले सहभागिता जनाएका छन् । कार्यक्रममा प्रदेशसभा सदस्य कल्पना नेपाली, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठ, लिखु गाउँपालिकाका प्रशासकिय अधिकृत सुरज अर्याललगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह