पशुपन्क्षी विमा रकम हस्तान्तरण

  • त्रिशूली प्रवाह
  • १८ फाल्गुन २०७६, आईतवार १२:२४

त्रिशूली, विदुर नगरपालिका र आईएमई जनरल इन्स्योरेन्स कम्पनीबीच सम्झौता भई नगरभित्र कृषि तथा पशुपन्छी बिमा कार्यक्रम गत वर्षबाट शुरू भएको छ ।

सरकारले पशुपन्क्षी बिमा गर्दा लाग्ने शुल्क ७५ प्रतिशत ब्यहोर्ने गरेको छ बाँकी २५ प्रतिशत शुल्क मध्ये नगरपालिकाले बिमा गर्ने कृषकलाई आधा शुल्क अर्थात् १२ दशमलव ५५ प्रतिशत रकम ब्यहोर्ने गरेको छ । विदुर नगरपालिका वडा नं.–९ का कृषक रामराजा भण्डारीले बिमा गरेको भैंसी गत मंसिरमा मृत्यु भएपछि इन्स्योरेन्स कम्पनीले गत हप्ता विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको हातबाट बिमांक रकम उपलब्ध गराएको छ । कृषक भण्डारीले एक लाखको भैंसी बिमा गर्नुभएको थियो । सरकार र नगरपालिकाले अरू बिमा रकम भुक्तानी गरिदिंदा उहाँले १२ दशमलव ५५ प्रतिशत रकम जम्मा ६ सय २५ रूपैयाँ मात्र ब्यहोर्नु भएको थियो । कृषक भण्डारीले २०७६ मंसिर महिनामा (वार्षिक प्रिमियम ६ सय २५) बिमा गरेको २५ दिनमा निजको भैँसीको मृत्यु भएर बिमा दावी गरेको ७ दिनभित्र प्रक्रिया पुरा भई ९० हजार रूपैयाँको बिमाङ्क रकम उपलब्ध गराईएको थियो ।