हाम्रा कुरा : तरकारीको अनुगमन गर

  • त्रिशूली प्रवाह
  • २२ फाल्गुन २०७६, बिहीबार १३:०१
Logo of trishuli prawaha

सामान्यतय : हिउँदमा तरकारीको भाउ घट्नुपर्ने हो तर यस वर्ष हिउँद मध्ये भईसंक्दा समेत तरकारीको बजारभाउ घट्नु त परै जाओस् अझै बढ्ने क्रममा छ । हिउँदमा तरकारी उत्पादन बढी हुने भएकोले विगतको वर्षमा तरकारीको भाउ घट्ने गर्दथ्यो । यस वर्ष बजारभाउ बृद्धिको यो दर यथावत् रहने हो भने अबको वर्षायामदेखि नै सर्वसाधारणले तरकारी किनेर खान सक्ने अवस्था रहँदैन । तरकारीको बजारभाउ बढ्दो छ र अझ सालैपिच्छे भाउ फरक–फरक पनि छ । यसको अर्थ हो – बजार अनियन्त्रित छ, बजारमा सरकारी संयन्त्रको कुनै अनुगमन नै छैन । तरकारीमा अनियन्त्रित ढंगले बजारभाउ बृद्धिका मुख्य तीन कारण छन् । पहिलो तरकारीमा परनिर्भरता, दोस्रो आयात र बेचबिखनमा बिचौलियाको वर्चश्व र तेस्रो अनुगमन र नियमनको जिम्मा लिएर बसेको सरकारी निकायको निकम्मापन । परनिर्भरता हाम्रो यति धेरै बढेको छ कि एक

तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाबासीको दैनिक तरकारीको मागमध्ये ७० प्रतिशत भारतबाट आयात गरिन्छ । परनिर्भरताको दर पनि विगतको तुलनामा बढेको छ । जब कि अघिल्लो वर्षको तथ्याङ्कअनुसार हाम्रो मागको ५६ प्रतिशत मात्र भारतबाट तरकारी ल्याइन्थ्यो । यस तथ्याङ्कका आधारमा हेर्दा पनि तरकारीमा हाम्रो भारत निर्भरता बढेकै छ । परनिर्भरताकै कारण मात्र होइन, बिचौलियाको बिगबिगीले तरकारीको भाउ अझ छोई नसंक्नु भएको छ । ब्यापारीको भनाईमा पनि तरकारीमा पाँच तहमा बिचौलियाको प्रवेश हुन्छ । बिचौलियाकै कारण तरकारीको दरभाउ पाँचसय गुणाले बढी हुन्छ । परनिर्भरता न्युन गर्न त सरकारको दिगो कृषि नीति नै तर्जुमा गर्नुपर्छ । जब कि बिचौलियाको जथाभावी प्रवेश र बजार अनुगमन त वाणिज्य मन्त्रालय र विभागकै पहलमा हुन सक्ने कुरा हो । कम्तीमा वाणिज्य विभागले अनुगमन तिव्र बनाई दिए जनसाधारणले भातसँगै तरकारी पनि किनेर खानसम्म सक्ने थिए कि ? नुवाकोटमा पनि तरकारीको मूल्य विगत वर्षको तुलनामा बढेको छ । जिल्लामा उत्पादित तरकारी जिल्लाबासीले सिधैं उपभोग गर्न पाउँदैनन् । जिल्लामा उत्पादन भएको तरकारी ब्यापारीले काठमाडौं पु¥याएर जिल्ला पठाउने हुँदा महँगो भईरहेको छ । तरकारीको अनुगमनमा स्थानीय सरकारले ध्यान दिन सकेको छैन । जसले गर्दा तरकारीमा बिचौलियाको चलखेल रहने गरेको छ ।