स्वास्थ्य क्षेत्रमा धुनिवेंशीमा अब्बल बन्दै छ : नगरप्रमुख आचार्य

  • त्रिशूली प्रवाह
  • २२ फाल्गुन २०७६, बिहीबार १३:०४

– सन्तोष सुवेदी

धुनिवेंशी, स्वास्थ्य क्षेत्रको विकासका लागि धुनिवेंशी नगरपालिका अग्रस्थानमा रहेर काम गरिरहेको नगरप्रमुख बालकृष्ण आचार्यले बताउनु भएको छ ।

धादिङ जिल्लाको धुनिवेंशी नगरपालिका वडा नम्बर–१ मा आधारभुत स्वास्थ्यचौकी भवनको शिलान्यास गर्दै प्रमुख आचार्यले स्वास्थ्य केन्द्र भवन निर्माणको लागि स्थानीयदेखि नगरपालिका समेत दत्तचित्त भएर लाग्नुको विकल्प नभएको बताएका छन् । आधारभुत स्वास्थ्य केन्द्रले अन्य विकासका योजना आउने पनि बताएका छन् । धुनिवेंशी नगरपालिकाको उत्तरी भेगको कर्नरको रुपमा रहेरको स्थानमा स्वास्थ्यचौकी बन्दै गर्दा स्थानीयमा खुशी छाएको छ ।
स्थानीयदेखि अन्य ब्यक्तिले अहिले शिलान्यास गरिएको जग्गामा भिरालो, कोल्टो, अपायक भनिरहँदा पछि यसमा विकासको लहर आउने प्रमुख आचार्यको भनाई रहेको थियो । नगरपालिकाले हरेक वडामा स्वास्थ्यचौकी बनाउने अभियानलाई सार्थक बनाउँदै धुनिवेंशी नगरपालिका वडा नम्बर–१ मा भवनको शिलान्यास गरिएको हो । उक्त भवन निर्माणका लागि स्थानीय बाबुकाजी भारती र कान्छा भारतीले ५÷५ आना जग्गा दान गर्नुभएको छ ।

स्थानीयस्तरमा बन्न लागेको स्वास्थ्यचौकीले सबैमा राहत पुग्ने बताउँदै दुई समाजसेवीले जग्गा दान गरेका हुन् । आधारभुत स्वास्थ्यचौकी चार कोठे बन्ने छ भने यसको जिम्मा ईन्द्रदह निर्माण सेवाले पाएको छ । शुक्रबार शिलान्यास गरिएको आधारभुत स्वास्थ्यचौकी भवन आगामी असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने उक्त निर्माण कम्पनीका ठेकेदार राजाराम सेढाईले बताए । अहिले भवन निर्माणका लागि करिव २७ लाख लाग्ने पनि बताईएको छ ।
धुनिवेंशी नगरपालिकाको कार्यायोजनाअनुसार आधारभुत स्वास्थ्यचौकी धुनिवेंशीका वडामा निर्माण भईरहेका छन् । अबको योजना धुनिवेंशी नगरपालिकाका सबै वडामा आधारभुत स्वास्थ्य केन्द्रको सुविधा पु¥याउने र जनतालाई सेवा तथा प्राथमिक उपचारको ब्यवस्था पु¥याउने रहेको धुनिवेंशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले बताए ।

अहिले गाउँस्तरमा कोही ब्यक्ति बिरामी पर्दा तत्कालै अस्पताल लैजाने अवस्थामा निकै ढिलो हुने तथा बिरामीको मृत्यु नै हुने स्थितीलाई कम गर्दै गाउँस्तरमा सबैको पहुँचमा सामान्य उपचारको ब्यवस्था पु¥याउने उद्देश्य राखिएको उनको भनाई थियो । सामान्य अवस्था तथा सुत्केरी महिला, गर्भवतीलाई तत्कालै उपचार चाहिएको काठमाडौंसम्म लैजाने अवस्थालाई मध्येनजर गर्दै प्राथमिक उपचारसम्मको सेवा दिन सके अझ बढी प्रभावकारी हुने उनले बताएका छन् । कार्यक्रममा उप–प्रमुख निरु खरेलले पनि स्वास्थ्य क्षेत्र निकै संवेदनशिल विषय भएको भन्दै गाउँ–गाउँमा यस्ता आधारभुत स्वास्थ्य केन्द्र आवश्यक पर्ने बताईन् । उनले स्वास्थ्य नै धन भएको बताउँदै बन्न लागेको भवन समयमै सक्न पनि निर्देशन दिनुभएको छ ।