+
Search

ताजा अपडेट +

पपुलर +

ढुक्क हुनुहोस् नेकपा फुट्दैन : वरिष्ठ नेता खनाल

त्रिशूली प्रवाह
६ साल अगाडी

विदुर, नेकपामा जति विवाद र अविश्वास आएपनि पार्टी भने नफुट्ने पूर्व प्रधानमन्त्री एंव नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ठेकुवा गर्नुभएको छ । उहाँले शनिबार नेकपा नुवाकोटको पार्टी कार्यालयमा पत्रकारसँगको भेटघाटमा उक्त कुरा बताउनुभएको हो ।

Utsuk Books & Stationery

वर्तमान सरकार बनेको दुई वर्ष भएपनि राम्रा काम गर्न नसकेको जस्तो लागेकाले सरकारको समिक्षा गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । नेपालको मिचिएको सीमाको संरक्षण गर्न नसकेकोदेखि अमेरिकी अनुदान सहयोग एमसिसीका केही बुदा संशोधन गरिनेमा आफू ढुक्क रहेकाले जनतालाई पनि त्यस्तै हुन उहाँले आश्वासन दिनुभयो । आफ्नै नेतृत्वमा रहेको कार्यदलले एमसिसीका केही बुदा सुधार गर्न भनेकाले जनतालाई पनि त्यस्तै होला कि भन्नेमा आशावादी हुन आग्रह गर्नुभयो ।

जिवित कुमारीको पूजाको लागि नुवाकोट आउनुभएका पूर्व प्रधानमन्त्री एंव नेकपाका वरिष्ठ नेता झलनाथ खनालले लामो समयको संघर्षको कारण बहुचरित्रको संविधान निर्माण गर्न सफल भएकाले अहिले प्राप्त गरेका उपलब्धी जनताको लागि निकै महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । संविधानमा मुख्य चार विशेषता भएकाले संविधानमार्फत नै देशको रक्षा र जनताको अधिकारको संरक्षण गर्न सकिने भएकाले नेपालमा अहिलेको नेकपाको सरकारले ‘सुखी नेपाल र समृद्ध नेपाल’को सपना साकार बनाउन सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह