+
Search

ताजा अपडेट +

पपुलर +

महादेव, चण्डेश्वरी र कालिका हिमालय माविलाई स्कुल बस

महादेव, चण्डेश्वरी र कालिका हिमालय माविलाई स्कुल बस
त्रिशूली प्रवाह
५ साल अगाडी

विदुर, वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय बस सेवा कार्यक्रमको लागि नुवाकोटको दुई वटा सामुदायिक विद्यालय सहित १३ जिल्लाको २५ वटा विद्यालयलाई बस उपलब्ध गराउने भएको छ ।

मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत विद्यालय बस सेवा अनुदानको कार्यक्रमको लागि “विद्यालय बस सेवा कार्यक्रम सञ्चालन कार्यविधी” अनुसार वागमती प्रदेशभित्रका १३ जिल्लाका २५ विद्यालय छनौटमा राखिएको छ ।

मन्त्रालयको अनुसार नुवाकोटको लागि बेलकोटगढी नगरपालिका वडा नम्बर–७ महादेवफाँटमा रहेको महादेव माध्यामिक विद्यालय र विदुर नगरपालिका वडा नम्बर–७ तुप्चेमा रहेको चण्डेश्वरी माध्यामिक विद्यालय छनौटमा परेको छ ।

रसुवाको लागि कालिका हिमालय माध्यामिक विद्यालय बस सञ्चालनको लागि छनोटमा परेको मन्त्रालयका सचिव गोकर्णमणी दुवालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह