+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिकामा घरेलु संघ गठन

विदुर नगरपालिकामा घरेलु संघ गठन
त्रिशूली प्रवाह
६ साल अगाडी

बट्टार, विदुर नगरपालिकाभित्रका घरेलु तथा साना उद्योगी ब्यवसायीको शनिबार भएको भेलाले नेपाल घरेलु तथा साना उद्योग विदुर नगरपालिकाका संघ गठन गरेको छ ।

Utsuk Books & Stationery

नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सुर्यबहादुर कडेलको प्रमुख आतिथ्यतामा भएको भेलाले वाटर टावर होटलका सञ्चालक राममणी अधिकारीको अध्यक्षतामा ११ सदस्य नेपाल घरेलु तथा साना उद्योग विदुर नगरपालिका संघको तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा शिवराज बोगटी, उपाध्यक्षमा राजकुमार केसी, महासचिवमा हरिराम भण्डारी, कोषाध्यक्षमा नारायण बोगटी र सदस्यमा शंकर थपलिया, कृष्णबहादुर खड्का, भोला तिमल्सिना, पुरूषोत्तम रिमाल, सुर्य भट्ट, बैकुण्ठ बोगटी रहेका छन् ।

उक्त भेलाले महिला उद्यमी उपसमिति सन्तुमाया तामाङको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । महिला उपसमितिको सचिवमा सुशिला वाईवा, कोषाध्यक्षमा उर्मिला श्रेष्ठ र सदस्यमा सुजना खतिवडा, ज्ञानु तामाङ, गीता पुडासैनी, सुन्तली श्रेष्ठ, गोमा नेपाली रहेका छन् । तदर्थ समितिले एक महिनाभित्र सदस्यता वितरण गरेर नगर अधिवेंशन गर्ने जिम्मेवारी दिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोटका अध्यक्ष सिताराम रिमालको अध्यक्षतामा भएको भेलामा विदुर नगरपालिकाका मेयर तथा नेपाल घरेलु तथा साना उद्योग संघ नुवाकोटका वरिष्ठ उपाध्यक्ष सञ्जु पण्डित, नगरपालिकाकी उपमेयर गीताकुमारी दाहाल, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य शरण उत्सुक सापकोटा र शिवकुमार चित्रकार, महासंघको वागमती प्रदेश महिला उद्यमी संघकी उपाध्यक्ष मेनुका खतिवडा, सचिव शान्ति प्रधानलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह