+
Search

ताजा अपडेट +

पपुलर +

फिकुरी नयाँ पदयात्रा गन्तब्य

त्रिशूली प्रवाह
६ साल अगाडी

विदुर, राजधानीबाट नजिकै रहेको नुवाकोटको किस्पाङ गाउँपालिकाको फिकुरी डाँडा नयाँ ट्रेकिङ गन्तब्यका रूपमा प्रचार–प्रसारमा आएको छ । ३ हजार ८ सय मिटरको उचाईमा रहेको फिकुरी डाँडाबाट लाङटाङ, गोसाइँकुण्ड, मनास्लु, अन्नपूर्ण, गणेश हिमाललगायत तिब्बती हिमश्रृंखलासमेत सहज देख्न सकिन्छ । सडकमार्ग बिस्तारसँगै नेपालका पदमार्गहरू मासिंदै गएका छन् । गत हप्ता रसुवा–नुवाकोट पर्यटन समाजको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा सम्पन्न फिकुरी ट्रेकिङ टेलको अध्ययन भ्रमणले पदयात्राको गन्तव्यको रूपमा अब फिकुरी पदयात्रीको रोजाईमा पर्नेछ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

ठुलो एकादशीमा फिकुरी महादेव मन्दिरमा विशेष मेला लाग्ने गरेको छ । त्यस अवसरमा देशका विभिन्न भागबाट हजारौं दर्शनार्थी पुग्ने गरेका छन् । सो अवसरमा त्यहाँ पुग्न सके मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ । फिकुरी ट्रेकिङ टेलको अध्ययन भ्रमण गरी काठमाडौं फर्केका पदयात्रीले सो ट्रेकिङ ट्रेल नेपालको पहाडी पर्यटनमा महत्वपूर्ण हुने बताएका छन् । हालै ३ हजार ८ सय मिटर उचाईको फिकुरी डाँडाबाट नजिकै रहेको भेडीखर्क पुगेर ५५ जनाको टोलीले ‘क्याम्पिङ’ गरेको थियो । ‘यो ट्रेल इतिहास, प्रकृति र संस्कृतिको संगम हो,’ यात्राबाट फर्किएपछि लाङटाङ सद्भावना द्रुत समेत रहेका पत्रकार अशोक सिलवालले भने, ‘नुवाकोटको ऐतिहासिक साततले दरबार, सुर्यगढी, किस्पाङ हुँदै फिकुरी पुगेर रसुवाको ठुलोगाउँ र घलेगढी भएर टुंगिने यो भर्जिन ट्रेलमा तामाङ, गुरूङ, नेवार र ब्राह्मण समुदायको जीवन्त संस्कृति मात्र होइन, परम्परागत कृषि प्रणाली, बिछट्टै लाग्ने पहाडी दृश्य, गाउँलेले भोगिरहेको यथार्थ जनजीवन, अनेक प्रजातिका रूख, बिरूवा तथा चराचुरूङ्गी पनि अवलोकन गर्न सकिन्छ ।’ राजधानीबाट सबै भन्दा नजिक रहेको यो ट्रेल छोटो र लामो दुवै खालको ट्रेकिङका लागि उपयुक्त ट्रेक भएको रसुवा ट्रेक एण्ड एक्सपिडिसन ठमेलका सहायक प्रबन्धक गगन न्यौपानेले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो ।

नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा भएको कार्यक्रमलाई सुर्यगढी, किस्पाङ, उत्तरगया, कालिका गाउँपालिकाले समन्वय गरेका थिए । राजधानी नजिक अनि पर्याप्त स्रोत र साधन भएर पनि नुवाकोटमा पर्यटकीय गतिविधी सोचेअनुसार हुन नसकेको भन्दै कार्यक्रमको आयोजना गरिएको टिम लिडरसमेत रहेका लामिछानेले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । ‘फिकुरे डाँडा ट्रेलका प्राकृतिक, साँस्कृतिक गतिविधलाई नेपालको पर्यटकीय क्षेत्रसँग जोड्नका लागि कार्यक्रमको आयोजना गरेका हौं’, उनले भने,’ हाम्रो भ्रमणपछि यो क्षेत्रमा तत्कालै सुधार गर्नुपर्ने केही भौतिक निर्माणका सामानको पुनःनिर्माण, दक्ष जनशक्तिको उत्पादन गर्नुपर्ने देखिएको छ । साथै यहाँको स्थानीय कला र संस्कृतिसँगै पर्यटकीय उत्पादनलाई विश्व बजारमा पु¥याउन सकिने रहेछ ।’ उहाँले भन्नुभयो । यो ट्रेलमा बेत्रावती उत्तरगया, मानेगाउँ, तामाङ बस्ती, धाल्चे, ९ नेपालकै पहिलो भाल्चेको भेडा फार्म, किस्पाङ, गुम्बा र पोखरी, ठूलो ढुंगा, फिकुरी डाँडा, सातदोबाटो, रसुवाको गुरूङ बस्ती ठूलो गाउँ, विशाल ढुंगा जहाँ ढुंगामाथि चउर पाँच हजार मानिस एकै पटक अट्ने क्षेत्रहरू छन् ।

राजधानीबाट जम्मा ९७ किलोमिटर उत्तरपश्चिममा रहेको फिकुरी हुँदै धादिङ र रसुवाको सिमा क्षेत्र रूबी भ्याली, गणेश हिमाल, तामाङ हेरिटेज, लाङटाङ र गोसाइँकुण्डको पदयात्रामा समेत जोडिन सकिन्छ । ‘फिकुरी डाँडालाई नयाँ पहाडी गन्तव्यको रूपमा विकास गर्न भ्रमण आयोजना गरेका हौं । रसुवा–नुवाकोट पर्यटन समाज उपाध्यक्ष शिव लामिछानेले भने ।’ नेपाल पर्यटन बोर्ड सदस्य एवं पर्यटनका अध्यक्ष दिपक महतले फिकुरी ट्रेलले विशेष पर्यटकीय सम्भावना बोकेकोले पूर्वाधार विकास तत्काल ध्यान दिनुपर्ने बताउनु भयो । यात्रा आयोजक र यात्रामा जोडिएका नुवाकोटको विदुर नगरपालिका, सुर्यगढी, किस्पाङ गाउँपालिका र रसुवाको उत्तरगया र कालिका गाउँपालिकाका जनप्रतिनिधी र स्थानीयबासीले फिकुरी ट्रेकिङ टेलको अध्ययन भ्रमण टोलीलाई स्वागत गर्दै पदमार्गको प्रचार–प्रसार गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह