+
Search

ताजा अपडेट +

पपुलर +

सांग्रिला डेभलपमेन्ट बैंकको कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम

त्रिशूली प्रवाह
६ साल अगाडी

धादिङ (गल्छी), सांग्रिला डेभलपमेन्ट बैंक लि. गल्छी शाखाले जनजागरण मा.वि. गल्छीमा वडा नं.–४ कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थी र अभिभावकलाई गल्छी स्वास्थ्यचौकीको प्राविधिक सहयोगमा कोरोना भाईरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

कार्यक्रममा सहजीकरण गरेका सांग्रिला डेभलपमेन्ट बैंक लि. गल्छी शाखाको प्रमुख गौरव काफ्लेले ‘कोरोना भाईरसबाट आफू पनि बचौं र अरुलाई नि बचाऔं’ भन्दै जसका लागि सरसफाईमा विशेष ध्यान दिने, मास्क लगाउने, हातलाई साबुन पानीले धुने, हात नमिलाउने, चुम्बन नगर्ने, भिड–भाडमा नजाने, नियमित शारिरीक व्यायम गर्ने, मद्यपान, मासहारीको प्रयोग नगरी भिटामीन सी पाउने अमला, कागती खाने, प्रत्येक आधी घन्टाको अन्तरमा पानी पिउने, बिहान बेलुका घिउको सेवन गर्ने, रुघाखोकी, ज्वरो आएमा मनोबल नघटाई तुरुन्त नजिकैको स्वास्थ्यचौकीमा जान आग्रह गर्नुभयो । स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमालले कोरेना भाईरसको सङ्क्रमणबाट बच्ने उपायको बारेमा बिस्तृत जानकारी दिनुभएको थियो ।

सो कार्यक्रममा गल्छी गाउँपालिका वडा नं.–४ का वडाध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका राजु अधिकारीले सांग्रिला डेभलपमेन्ट बंैकको शाखा गल्छीले विश्वब्यापी रुपमा फैलिरहेको यो कोरेना भाईरसबाट बच्ने उपायको बारेमा सचेतना कार्यक्रम राखेकोमा धन्यवाद दिनुभएको थियो । उहाँले सामाजिक सञ्जालमा त्रास फैलाउने काम नगर्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह