तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ७ चैत्र २०७६, शुक्रबार १३:४७
Buddha Eyes

हल्ला धेरे, काम थोरै, सर्वसाधारण कोरोनाको त्रासमा तर नुवाकोटका प्रदेशस्तरका नेकपाका नेताहरू शनिबार मनमौजीमा ! सरकार र पाटी केन्द्रले कोरोनाको त्रासदी रहुन्जेल भोज भत्तेर, सभा सम्मेलन, बाक्लो भेटघाट नगर्नु, सहभागी नजनाउने निर्देशन दिएपनि पार्टीको गतिविधीमा बिक्रो लगाउँदै सुकिला–मुकिला जिल्लादेखि काठमाडौं रहेकासम्म एउटै थलोमा जुटेपछि बिचरो निर्देशन बेवारिस ! जिल्ला र काठमाडौंबासी नेताबिच सुमधुर सम्बन्ध कायम गर्ने मेसो मिलेपछि कसले निर्देशन पालना गर्ने ? शनिबार टोखाको भुत्तखेल नेकपाका प्रदेशस्तरका नेता कार्यकर्ताले कोरोना भाईरसलाई च्यालेन्ज दिएछन् । सोमरसमा डुब्न पल्केकालाई उक्त निर्देशनको साङ्लोले बेर्न सकेन ! ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउनुपर्ने ठुलापाटीका दुई तिहाई सरकारका सारथी भन्ने नै शुल्क उठाएर नसामै डुबेपछि कोरोना भाईरस गेटआउट ! कार्यक्रममा केन्द्र सरकारका माननियज्यू तामाङ र खतिवडाको अनुपस्थिति देख्दा कार्जेक्रम प्रदेशस्तरीय रहेछ कि क्या हो ? लोहनी सरले विगतका वर्षमा गर्ने भेलाको निरन्तरता भनेपनि यसपटक गुटको भेला भएन छ ।