+
Search

ताजा अपडेट +

पपुलर +

क्वारेन्टाईनका लागि भ्यू टावर रिसोर्ट

त्रिशूली प्रवाह
६ साल अगाडी

विदुर, नुवाकोटको एक होटल रिसोर्टले कोरोना भाईरस (कोभिड–१९) को क्वारेन्टाईनका लागि ब्यवसायिक स्थल सरकारका लागि उपलब्ध गराउने घोषणा गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सरकारलाई आवश्यक परे विदुर नगरपालिका वडा नं.–२ नुवाकोटमा रहेको नुवाकोट भ्यू टावर रिसोर्टले आफ्नो सुविधा सम्पन्न होटल, रुम र कम्पाउड क्वारेन्टाईनका लागि उपलब्ध गराउने घोषणा गरेको हो । रिसोर्टका सञ्चालक कुमार थपलिया ‘बद्री’का अनुसार विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारी फैलिएको खण्डमा नुवाकोटमा पनि यसको संक्रमण हुने अवस्था रहेको भन्दै सरकारले आवश्यक ठाने स्थान उपलब्ध गराउन तयार रहेको बताए ।
नुवाकोटको भ्यू टावर रिसोर्टमा अहिले ३० वटा बेड सहितको क्वारेन्टाईन बनाउन सकिने पक्की भौतिक संरचना छ । अस्थायी संरचना तयार गरेर सयौं बेड राख्न सकिने कम्पाउण्ड होटलसँग रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह