सामाजिक सुरक्षा भत्ता वितरण

  • त्रिशूली प्रवाह
  • ११ बैशाख २०७७, बिहीबार ०८:४६

सामाजिक सुरक्षा भत्ता वितरणविदुर, विदुर नगरपालिकाले असहज परिस्थितिमा पनि घरघर पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

नगरपालिकाले विगतमा बैकमार्फत बितरण गदै आएको सुरक्षा भत्ता यसपटक जनप्रतिनिधीमार्फत घरघर पुगेर वितरण गरेको छ । कोरोना भाईरस रोगको संक्रमण फैलिन नदिन तथा रोकथाम र नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको कारण बैंक खुलेको समयमा बंैक जान नसकेका बृद्धबृद्धा एकल र अपाङ्गलाई घरघरमै पुगेर भत्ता वितरण गरिएको विदुर नगरपालिकाको मेयर सञ्जु पण्डितले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो । तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता ५ करोड ८० लाख ९९ हजार ८ सय नगरपालिकाले गत हप्ता वितरण गरेको हो ।